यसकारण कुकुरले पिसाब गर्दा जहिले पनि खुट्टा उचाल्छ

यसकारण कुकुरले पिसाब गर्दा जहिले पनि  खुट्टा उचाल्छ

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण २१ गते मङ्गलबार ०६:५४

तपाई हामीले देखेकै छौँ होला, कुकुरले पिसाब गर्दा जहिले पनि कुनै रुखको फेद, गाडीको टायर, खम्बा, भित्ता वा कुनै न कुनै केहि वस्तु उपर नै गर्ने गर्छ । अर्थात् कुकुले सधैँ यस्ता चिजमा पिसाब फेर्दछ जो जमिनबाट केही उचाईमा हुन्छ । कुकुरले...

तपाई हामीले देखेकै छौँ होला, कुकुरले पिसाब गर्दा जहिले पनि कुनै रुखको फेद, गाडीको टायर, खम्बा, भित्ता वा कुनै न कुनै केहि वस्तु उपर नै गर्ने गर्छ । अर्थात् कुकुले सधैँ यस्ता चिजमा पिसाब फेर्दछ जो जमिनबाट केही उचाईमा हुन्छ । कुकुरले पिसाब गर्ने यो अनिवार्य नियम भनौँ वा तरिका हो । त्यसैले हामीलाई यो कुरा सामान्य नै लाग्छ । तर, कुकुरले किन सधैँ त्यसरी नै पिसाब गर्ने गर्छ त ? वास्तविक कारण धेरैलाई थाहा नहुन सक्छ ।

तर, यसको पछाडि पनि एउटा रोचक र तार्किक कारण रहेको छ । तपाईलाई यो त थाहै होला कि कुकुरहरुको आ-आफ्नो इलाका रहेको हुन्छ । त्यसैले कहिलेकाही यो पनि देख्नुभएको होला कि कुनै एक ठाउँमा कतैबाट एक अन्जान कुरकुर आयो भने त्यस ठाउँको कुकुरले त्यसलाई लखेट्ने गर्छन् । वास्तवमा कुकुरले आफ्नो नाकको उचाइमा पिसाब फेर्दछ । ता कि उसले अन्य कुकुरका लागि आफ्नो गन्ध छाड्न सकोस् ।

कुकुरले आफ्नो इलाकाका विभिन्न ठाउँमा रहेका रुखका फेँद, पिल्लर, खम्बा, भित्ता तथा गाडीका टायर आदिमा पिसाब फेरेर आफ्नो इलाका तय गरेको हुन्छ । यसरि आफ्नो इलाकाको बारेमा अन्य कुकुरलाई जानकारी प्रदान गर्नको लागि कुकुरले त्यसरी पिसाब गर्ने गर्दछ ।

कहिलेकाँही यस्तो पनि देख्नुभएको होला कि कुकुर नजिक पार्क गरिराखेको गाडी गुडाउँदा कुकुरले गाडीलाई लखेट्दै परसम्म दौडिन्छ । वास्तवमा त्यतिबेला उसले सो गाडीको टायरमा पिसाब फेरेर आफ्नो साँध तय गरेको हुनाले गाडी गुड्न थालेपछि कुकुरले आफ्नो इलाकामा खलल पुग्न गएको अनुभव गरी आफ्नो इलाकाको रक्षाको निम्ति सो कुकुर प्रतिरक्षामा उत्रिएको हो ।

एजेन्सी ।

प्रकाशित मिति २०७५ फाल्गुण २१ गते मङ्गलबार ०६:५४
प्रतिक्रिया दिनुहोस