काठमान्डौ सामाखुसीमा सोमबार मध्यान्न जेब्रा क्रस गर्ने क्रममा माइक्रो बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाईते भएको छन।

बा१ज ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ। घाइते हुनेमा खोटाङकी सपना राई, कोटेश्वरका सुशील अधिकारी, सरिता अधिकारी, धुम्बाराहीकी लक्ष्मी सापकोटा रहेका छन्। 

घाइतेमध्ये सापकोटाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको सामाखुसीस्थित अल नेपाल अस्पतालमा उपचार भइरहेको छ । चालक र माइक्रोलाई नियन्त्रणमा लिइएको बृतका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले बताए।