देशभर चिसो वृद्धि, काठमान्डौ वरपरका डाडाहरुमा हिउँ पर्‍यो

देशभर चिसो वृद्धि, काठमान्डौ वरपरका डाडाहरुमा हिउँ पर्‍यो

इ-परेवा

@Eparewa

२०७५ पुस २३ गते सोमबार ११:१४

काठमाडौँ — काठमाडौं उपत्यका वरपरका डाँडामा सोमबार बिहान हिउँ परेको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोक लगायतका स्थानमा हिउँ परेपछी त्यस स्थानहरुमा हिउँ खेल्न...

काठमाडौँ — काठमाडौं उपत्यका वरपरका डाँडामा सोमबार बिहान हिउँ परेको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोक लगायतका स्थानमा हिउँ परेपछी त्यस स्थानहरुमा हिउँ खेल्न जानेहरुको भीड लाग्न थालेको छ ।

वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ । पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउँसोदेखि नै भारी हिमपात भएको थियो । वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भइरहेको जानकारी दिइन् ।

प्रकाशित मिति २०७५ पुस २३ गते सोमबार ११:१४
प्रतिक्रिया दिनुहोस