छात्राले कोल्ड ड्रिंकको बोतलमा पानी सम्झेर एसिड ल्याईन, साथिले पानी सम्झेर पिउदा मृत्यु

छात्राले कोल्ड ड्रिंकको बोतलमा पानी सम्झेर एसिड ल्याईन, साथिले पानी सम्झेर पिउदा मृत्यु

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण २३ गते बिहिबार ०७:२२

नयाँ दिल्ली। भारतको नयाँ दिल्ली हर्ष विहार क्षेत्रमा ५ कक्षामा पढ्ने एक बालिकाको एसिड पिएका कारण मृत्यु भएको छ । ती छात्राले बोतलमा राखिएको एसिडलाई पानी सम्झेर पिएकी थिइन् । उनको गएराती जीटीबी अस्पतालमा मृत्यु भयो ।   पुलिसले...

नयाँ दिल्ली। भारतको नयाँ दिल्ली हर्ष विहार क्षेत्रमा ५ कक्षामा पढ्ने एक बालिकाको एसिड पिएका कारण मृत्यु भएको छ । ती छात्राले बोतलमा राखिएको एसिडलाई पानी सम्झेर पिएकी थिइन् । उनको गएराती जीटीबी अस्पतालमा मृत्यु भयो ।

 

पुलिसले लापरवाहीका कारण मृत्यु भएको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । पुलिसका अनुसार मृत्यु हुने ११ वर्षकी छात्रा संजना भारती पब्लिक स्कुलमा ५ कक्षामा पढ्थिन् । मंगलबार संजना कक्षामा दिउँसोको खाजा खाँदै थिइन् । त्यहीँ ४ कक्षाकी उक छात्रा पनि आइन् । ती छात्राले कोल्ड ड्रिंकको बोतलमा पानी सम्झेर एसिड लिएर आएकी थिइन् ।

 

संजनाले उनीसँग पानी मागेपछि उनले एसिड भरिएको बोतल दिइन् । पानी सम्झेर एसिड पिएपछि गम्भीर हालतमा संजनालाई अस्पताल भर्ना गरियो जहाँ गएराती उनको मृत्यु भयो । डाक्टरले संजनाले पानीको ठाउँमा तेजाब पिएको बताएपछि तत्कालै पुलिसलाई खबर गरिएको थियो । पुलिसले तेजाब राखिएको बोतल कब्जामा लिएको छ ।

 

संजनाका परिवारले स्कुल प्रशासन र ४ कक्षाकी छात्राका परिवारमाथि लापरवाहीको आरोप लगाएका छन् । पुलिसले ४ कक्षाकी छात्राका परिवारसँग पनि यस विषयमा सोधपुछ गरि रहेको छ । ४ कक्षाकी छात्रा पानीको ठाउँमा तेजाब भरिएको बोतल लिएर कसरी स्कुल पुगिन् भने अझैसम्म खुल्न सकेको छै । पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति २०७५ फाल्गुण २३ गते बिहिबार ०७:२२
प्रतिक्रिया दिनुहोस