काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड काठमाडौंको पटक–पटकको गल्तीको कारण व्याचलर पढ्दै गरेका महेन्द्र नगरका दीपक पाल पुनः प्लस टु को परीक्षा दिनु पर्ने समस्यामा परेका छन् । २०७४ सालमा महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी बाट व्यवस्थापन संकायमा प्लस टु पास भएका उनि अहिले काठमाडौंमा व्याचलर इन सोसियल वोर्क गर्दै छन् ।

 

तर केही दिन अघि उनले पाएको सुचनाले उनी निकै तनावमा छन् । उनले १२ कक्षाको परीक्षा दिने बेला कन्या विद्यालयमा केन्द्र परेको थियो । पहिलो दिन उनी सहित ७ जना विद्यार्थीको सिम्बोल राष्ट्रिय परीक्षा बोर्ड नम्बर गलत परेकाले केन्द्र र कलेजले चिठि लेखेर मिलाउने भन्दै परीक्षा दिन लगाए । र अर्को दिनबाट सच्चिएकै सिम्बोल नम्बरमा परीक्षा दिए । रिजल्टमा पास आयो ।

 

अहिले राष्ट्रिय परीक्षा बोर्डले पास भएको सर्टिफिकेट दिइसके पछि उनले व्याचलर अध्ययन गर्दैछन् तर अहिले आएर उनले कक्षा १२ मा अंग्रेजी बिषयमा पास नभएको भन्दै पुन परीक्षा दिनु पर्ने बताएको छ । अहिले उनी दैनिक राष्ट्रिय परीक्षा बोर्ड धाइरहेका छन् । परीक्षा बोर्डका प्रमुखले नै सानो मानविय कमजोरी भएको भन्दै विद्यार्थी, परीक्षा केन्द्र र कलेजतिर दोष देखाउँछन् ।

 

विद्यार्थीले गलत सिम्बोल नम्बरमा परीक्षा दिने बेला नै सचेत हुनु पर्ने उनको तर्क छ । परीक्षा बोर्डले पास बनाएको प्रमाण पत्र अहिले दिपक पालसँग छ तर बोर्डले पालको नाममा पास भएको सूचीबाट हटाएको जनाएको छ। बोर्डले नै सुरुमा गलत सिम्बोल नम्बर पठायो, त्यही नम्बरका आधारमा परीक्षार्थीले परीक्षा दिएर रिजल्ट पास आयो । तर करीब २ वर्षपछि आएर परीक्षा बोर्डले आफ्नो गल्तीको सजाए एक विद्यार्थीलाई दिइरहेको छ ।

स्रोत: सिधा कुरा नेपाल