वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बिष्फोट

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बिष्फोट

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण २४ गते शुक्रबार ०३:४७

काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति विस्फोट भएको छ। प्रहरीले गुरुङको घरमा सिलिन्डर विस्फोट भएको बताएको छ। महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले...

काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति विस्फोट भएको छ।

प्रहरीले गुरुङको घरमा सिलिन्डर विस्फोट भएको बताएको छ। महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले  सिलिन्डर विस्फोट भएको बताए।

‘पहिले बम विस्फोट भन्ने जानकारी आयो। तर सिलिन्डर रहेछ’, उनले भने।

 

विस्फोटको कारण गुरुङको पार्किङ गरेर राखिएको कार पूर्ण रुपमा क्षति भएको छ।

स्थानीयबासीले भने सुरुमा ठूलो पड्किएको आवाज आएको बताएका छन्। विस्फोटसँगै त्यहाँ आगलागी पनि भएको थियो।

 

बम विस्फोट भएको हो कि सिलिन्डर ग्यास पड्किएको थाहा पाउन प्रहरीले नेपाली सेनाको विज्ञ टोली बोलाएको छ।

एसएसपी श्याम ज्ञवालीले भने, ‘सेनाको टोलीले अनुसन्धान गरिरहेको छ। सिलिन्डर पड्किएको भेटिएन।’

 

उनका अनुसार बम भएको पुष्टि हुन पनि बाँकी छ। सेनाको अनुसन्धान जारी छ।

विस्फोट लगत्तै आगो लागेको थियो। आगोका कारण गुरुङको पार्किङ गरी राखेको कार पूर्ण रुपमा क्षति भएको छ।

प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार ०३:४७
प्रतिक्रिया दिनुहोस