६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण गर्ने

६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण गर्ने

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण २५ गते शनिवार १०:१९

काठमाडौं– अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण भइसक्नेछन् । कामपाको सहयोगमा सञ्चालित मनुभित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्यकरण हुन लागेका हो। हाल सम्म करिब ७ हजार कुकुरको बन्ध्यकरण भइसकेको छ ।   कामपाद्वारा...

काठमाडौं– अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण भइसक्नेछन् । कामपाको सहयोगमा सञ्चालित मनुभित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्यकरण हुन लागेका हो। हाल सम्म करिब ७ हजार कुकुरको बन्ध्यकरण भइसकेको छ ।

 

कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्यकरण कार्यक्रम महानगरको २१ वडामा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा. संगीता सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्यकरण गरी सुरु गरिएको कार्यक्रम अबको ५ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

 

कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्यकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् । काठमाडौं महानगर पालिकाको को सहयोगमा अबको ६ महिना भित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्याकरण गरिने भएको छ । रातिको समयमा हिड्ने पैदल यात्री र बाईकमा हिड्ने यात्रुहरुलाई कुकुरले लखटने सम्म गर्छन । पछिल्लो समय समय छाडा कुकुरको सङ्ख्याा अत्यधिक वृद्धि भएपछि नियन्त्रण गर्न बन्ध्यकरण गर्ने भएको हो

प्रकाशित मिति २०७५ फाल्गुण २५ गते शनिवार १०:१९
प्रतिक्रिया दिनुहोस