स्याङ्जा-आफ्नै छोरीलाई दुई वर्षदेखि यातना र धम्की दिएर बलात्कार गर्ने बाबुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।


१२ वर्षीया छोरीलाई विभिन्न किसिमका यातना दिँदै विगत दुई वर्षदेखि बलात्कार गर्दै आएका ती पुरुषमाथि बलात्कारसँगै हाड नाता करणीमा मुद्दा दर्ता गरिएको र अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।


पीडितले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। पहिले कसैलाई केही नभन भन्ने धम्की दिँदै बारम्बार बालिकालाई बलात्कार गरेको रहेछ, यही १४ गते राती १ बजे पनि बलात्कार गरेछ। बालिकालाई पिडा भएपछि आफन्तलाई बताइदिन्छु भन्दा १५ गते दिउँसो तातो कुँडो खन्याई ज्यान मार्ने धम्की दिइएको रहेछ । प्रहरी उपरीक्षक लम्सालले भने ।