काठमाडौं– रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनाम नगर जाने क्रममा दुर्घटना भएको हो ।

 

 

आइतबार बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएको स्रोतले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल र धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् ।

 

 

चालकलाई अस्पताल भर्ना गरिएको छ ।अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो। कार र मोटसाइकल दुर्घटना बाट धमला सामान्य घाइते भएका छन् । सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् । आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् ।