इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ। एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ।
उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन्।
एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। दुर्घटनामा भएको हताहतीबारे उसले केही उल्लेख गरेको छैन।
विज्ञप्तिमा भनिएको छ, “दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।”
“दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।
प्रकाशित मिति २०७५ फाल्गुण २६ गते आईतबार ०९:३८