नेपालगन्ज-सोमबार दिउँसो प्रदेश ५ प्रहरी ब्युरो र कोहलपुर प्रहरीको संयुक्त टोलीले बाघको छाला र हड्डी सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार पक्राउ पर्नेहरूमा कञ्चनपुर पुरनबस्ती–४ का २१ वर्षीय हरि ढकाल र दैलेखको गुराँसे गाउँपालिका २ का ३६ वर्षीय कमल खत्री रहेका छन् ।


भे ७ प ९४९९ नम्बरको मोटरसाइकल हिडिरहेका उनिहरुलाइ विशेष सूचनाका आधारमा जाँच गर्दा बाघको छाला र हड्डी सहित सहित उनीहरूलाई कोहलपुरको पुरानो बसपार्क नजिकैबाट पक्राउ गरिएको छ । बाघको छाला र हड्डी भारत पठाउने तयारी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।