तुलसीपुर । नेकपा नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी बोल्दाबोल्दै बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।
मंगलबार विहान करिब ९ बजे तुलसीपुर स्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिब्रो लरबराएर ढलेपछि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको नेतृ चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।
नेतृ चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखिएको छ । कार्यक्रम स्थलबाट प्रादेशीक अस्पतालको दुरी करिब डेढ किलोमिटर टाढा छ । ढले लगत्तै बेहोस भएकी चौधरीको प्रारभीक उपचार पछि होस भने खुलेको छ । नेतृ चौधरीको उपचारमा संलग्न डा. पदमराज अधिकारीले रिर्पोट आएपछि मात्रै उनको समस्याका बारेमा भन्न सकिने बताए ।
प्रकाशित मिति २०७५ फाल्गुण २८ गते मङ्गलबार ०७:१२