ओखलढुङ्गा, फागुन २८-ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका एक शिक्षकले २ बालकलाई जुत्ता चाट्न लगाएका छन । सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका हुन । अर्को बालकले खाईरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् ।
आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो । ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्नु भनेर सरले भन्नुभएछ,’ बिस्कुटको आसमा मेरो छोरोले चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा भनिन्, छोराले घरमा आएर भनेपछि थाहा पाइयो ।’ याे समाचार पूर्ण प्रसाद न्याैपानेले नयाँ पत्रिकामा लेखेका छन् ।
प्रकाशित मिति २०७५ फाल्गुण २८ गते मङ्गलबार ०८:००