फागुन २८, काठमाडौँ । कलिउडका चकलेटी हिरो आर्यान सिग्देलकी श्रीमती सपना भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रेग्नेन्सीको एक तस्विर सार्वजनिक गरिन् । उक्त तस्विर उनको फेसबुक वालमा पोष्ट भएको केही समयमै अधिकांश मिडियाले कभरेज गरे । मिडियामा मात्रै होइन, सामाजिक सञ्जालमा पनि उक्त तस्विर भाइरल भयो ।

 

 

तस्विरमा आर्यानको जोडीमाथि दर्शक, तथा शुभचिन्तकको गाली वर्षियो । सकारात्मक भन्दा पनि नकारात्मक टिप्पणी धेरै आएपछि सपना भण्डारीले आफ्नो पतिको साथमा खिचाएकी प्रेग्नेन्सीको तस्विर फेसबुकबाटै डिलिट गरेकी छिन् । अधिकांश कमेन्टमा तस्विरमा शरीर प्रदर्शन गरेको भन्दै दर्शकहरुले आक्रोश व्यक्त गरेका छन् । यस्ता सामान्य कुरालाई सार्वजनिक गरिएको भन्दै सबैले आक्रोेश पोखेका हुन् ।

 

 

केही शुभचिन्तकहरुले एउटी नारी आमा बन्नु जिन्दगीको सबैभन्दा खुशीको पल भएको भन्दै आफ्नो खुशी पतिसंग साट्नु सान्दर्भिक भएको धारणा राखेका छन् । नकारात्मक धारणा राख्नेहरुप्रति एउटी चेली आमा बन्दा आफ्नो पेटमा हुर्किरहेको अबोध बालकसँग तस्विर लिनु नराम्रो कसरी भयो भन्ने प्रश्न समेत गरिएको छ । ‘अनेकौँ पीडा, दुःख सहेर एक अबोध बालकलाई आफ्नो पेटमा हुर्काइरहेकी आमालाई देवी सम्झेर पूजा गर्नुपर्ने ठाउँमा आज त्यही तिमि हुर्किएको पेटलाई नराम्रो भन्छौ’, आर्यानको सपोर्ट गर्दै एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘अरे आमा बन्न कहाँ सजिलो छ ? यस्तो दुःख झेल्दा पनि हामी नारीलाई नै मानसिक तनाव दिइन्छ ।’

 

 

कतिले भने सहानुभूति प्रकट गर्दै पहिलो पटक बाबु आमा बन्न लागेकोमा शुभकामना दिएका छन् । सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि अभिनेता आर्यान पिता बन्ने भएका हुन् । आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

 

 

आर्यनले किस्मतबाट चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छ मा मुख्य भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो। याे चलचित्र पनि व्यावसायिक रूपमा सफल भएकाे थियाे । दर्शकले पनि निकै रूचाएका थिए ।

 

स्रोत: मकालु खबर डट कम