श्रीमान्‌को कुटाइबाट श्रीमती गम्भीर घाइते

श्रीमान्‌को कुटाइबाट श्रीमती गम्भीर घाइते

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण २८ गते मङ्गलबार १२:४५

काठमाडौं– ओखलढुंगामा श्रीमान्‌को कुटाइबाट श्रीमती गम्भीर घाइते भएकी छन्। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मलीमा आइतबार राति भुइँमान रुम्जाली राईको कुटाइबाट श्रीमती निर्मला राई गम्भीर घाइते भएकी हुन्। उनको अहिले ओखलढुंगा...

काठमाडौं– ओखलढुंगामा श्रीमान्‌को कुटाइबाट श्रीमती गम्भीर घाइते भएकी छन्। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मलीमा आइतबार राति भुइँमान रुम्जाली राईको कुटाइबाट श्रीमती निर्मला राई गम्भीर घाइते भएकी हुन्। उनको अहिले ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

 

 

घरायसी विवाद भएपछि २७ वर्षीय भुइँमानले श्रीमती २९ वर्षीया निर्मलालाई मराणासन्न हुनेगरी कुटेका थिए। उनको शरीरभरि चोटपटक छ। उनको अवस्था अहिले स्थिर रहेको प्रहरीले जनाएको छ।

 

 

कुटपिट गर्ने श्रीमान्‌लाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सोमबार पक्राउ गरेको हो। उनीविरुद्ध पीडित श्रीमती निर्मलाले किटानी जाहेरी समेत दिइसकेकी छिन्। घरेलु हिंसामा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले नेपाल लाइभलाई जानकारी दिए। राई दम्पतीका दुई छोरी छन्। नेपाल लाईभमा खबर छ ।

प्रकाशित मिति २०७५ फाल्गुण २८ गते मङ्गलबार १२:४५
प्रतिक्रिया दिनुहोस