फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमार्फत् सहजै फैलिएका यी काण्डहरु फेसबुकको म्यासेन्जर र ट्वीटरको डाइरेक्ट म्यासेज सुविधाबाट इच्छुकहरुको मोबाइल–मोबाइलमा पुग्यो । क्लिप हेरेर सञ्जालमा चुट्की लिने र ‘अझै हेर्न पाइएन’ भन्दै माग्नेहरुको संख्या निकै  बाक्लो छ ।

नेपालको काण्डहरुको भिडियो हेर्दा जिस्केर आफैँले भिडियो बनाए पनि आफैँले लिक गरेको देखिन्न । युवकले आफ्नो र युवतीको आइफोनबाट भिडियो खिचेको देखिन्छ । युवतीको आइफोनमा रहेको भिडियो लिक भएको दाबी आइरहेको छ । युवतीलाई उनको साथीले एप्पल आइडी बनाइदिएको र सोबारे ती साथी जानकार भएकाले साथीबाट यो लिक भएको दाबी पनि बजारमा आएका छन् ।

 

 

जानकारका अनुसार एप्पल आइडीबारे जानकारी भएको अवस्थामा र सो क्लाउड कनेक्ट भएको अवस्थामा आफ्नो मोबाइलमा भएका तस्बिर र भिडियो अन्य व्यक्तिले हेर्न सक्छन् । सो भिडियो जुन पेजबाट सार्वजनिक भएको थियो, त्यहाँबाट हटिसकेको छ तर डाउनलोड गरेर राख्नेले विभिन्न ग्रुपमार्फत अझै यसलाई फैलाइरहेका छन् ।

 

 

 

१. अनेकथरिका काण्ड
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यो पहिलो काण्ड भने हैन । थरिथरिका काण्ड विभिन्न समयमा आइरहन्छन् । सेक्स काण्डको संख्या पनि उत्तिकै छ । जापान काण्ड सेलाउन नपाउँदै सामाजिक सञ्जालमा बस काण्ड आयो । बसमा सवार एक यात्रुले हस्तमैथुन गरिरहेको दृश्य थियो त्यसमा । लगत्तै तोरीबारी काण्डको नाममा अर्को सेक्स क्लिप सार्वजनिक भयो । यसअघि पनि बेस्टुकाण्ड, एयरफोन काण्ड, फिटकिरी काण्ड लगायतका नाममा तालतालका सेक्स काण्ड आए सामाजिक सञ्जालमा ।

 

 

 

२. बेस्टु काण्ड
१७ वर्षीय एक किशोरीले आफ्नो सम्बन्धबारे फेसबुकमा रहेको एक पेजमा गरेको कमेन्ट बेस्टु काण्डको रुपमा फैलियो गत वर्ष । नेप्लिज टिन एजर कन्फेसन नामक फेसबुक पेजमा ती किशोरीले आफ्नो प्रेमी नभएको, फेसबुकमा च्याट गर्ने क्रममा साथी बनेको व्यक्ति प्रेमी बनेको र उसलाई घरमा कोही नभएको बेलामा बोलाएर यौन सम्बन्ध राखेको लेखेकी थिइन् । प्रेमीपछि केही दिनमा आफ्नो बेस्ट फ्रेन्ड घरमा आउँदा ऊसँग पनि यौन सम्बन्ध बनेको र प्रेमीभन्दा साथीसँगको सम्बन्धमा बढी मजा आएको लेखिन् । बेस्ट फ्रेन्डसँग मजा आएको शब्दलाई लिएर यसलाई ‘बेस्टु काण्ड’ भन्दै प्रचार गरियो ।

 

 

 

३. जेम्स काण्ड
गत वर्ष नै जेम्स स्कुलमा पढ्ने किशोर–किशोरीको नग्न भिडियो इन्टाग्राममा सार्वजनिक भएको थियो । भिडियो उनीहरुले नै खिचेका थिए । भिडियो क्लिपमा दुवैको अनुहार प्रस्टै देखिन्थ्यो । इन्टाग्राममार्फत सार्वजनिक भएको क्लिप पछि फेसबुकमा रहेको ‘बोका संगठन’ नामक पेजले सबैतिर फैलायो र जेम्स काण्डको रुपमा चर्चा पायो ।

 

 

 

४. एयरफोन काण्ड
यो पनि एउटी युवतीले आफ्नो यौन सम्बन्धबारे फेसबुकको एउटा पेजमा लेखेको सन्देश हो । सन्देशमा उनले लेखेकी थिइन्, ‘म धेरै पहिलादेखि रिलेसनमा थिएँ । ५० पटक भन्दा बढी समय यौन सम्बन्ध भयो । होटलमा रुम लिन पैसा नहुने भएकाले प्रेमीसँग जंगलमा जाने गर्थें तर प्रेमीसँग सम्बन्ध राख्दा धेरै सन्तुष्टि हुन छाड्यो । एक पटक ट्राइ गरौँ न भनेर प्रेमी र मेरो एयरफोन प्रेमीको लिंगमा बाँधेर यौन सम्बन्ध राख्दा मजा आयो ।’

 

 

 

५. फिटकिरी काण्ड
गत वर्ष अर्को सेक्स काण्ड चर्चामा आयो, फिटकिरी काण्डको रुपमा । यो पनि एक युवतीले फेसबुकको वुमन वारियर नेपाल नामको पेजमा आफ्नो यौन अनुभवबारे लेखेको सामग्री हो । त्यसमा लेखिएको थियो, ‘मैले विवाह गर्न लागे पनि तनाव भयो । म भर्जिन थिइनँ । श्रीमान्ले म भर्जिन नभएको थाहा पाउलान् भन्ने डर थियो । कसैले यौनाङ्गमा फिटकिरी दल्दा भर्जिन जस्तै हुने सुझाव दिएपछि त्यहीअनुसार गरेँ । पहिलो सुहागरातमा मेरो रगत पनि आयो । श्रीमान्ले चाल पनि पाएनन् ।

 

 

६. जापान काण्ड
जापानमा बस्ने एक ‘लिभिङ टुगेदर’ नेपाली जोडीको अंग्रेजी शैलीको पोर्न भिडियो सार्वजनिक भयो । उक्त भिडियो विश्वव्यापी रूपमा भाइरल भयो । नेपालमा पोर्न साइट बन्द भए पनि उक्त भिडियो भाइरल हुँदै धेरैले हेर्न भ्याए । त्यो जोडीले मदिराको नशाको तालमा भिडियो खिचेको थियो । पोर्न फिल्मभन्दा कम नदेखिने उक्त भिडियो कसरी लिक भयो ? भिडियो भाइरल भए पछि उक्त जोडीले माफी मागेका छन् । साथीबाट उक्त भिडियो सार्वजनिक हुँदा आफैं छक्क परेको भन्दै सबैसँग उक्त जोडीले माफी मागेको हो । माफी मागेको भिडियो पनि युट्युवलगायतमा चर्चामा थियो  ।

 

 

७. क्याम्पियन कलेज काण्ड 
क्याम्पियन कलेजको यौन काण्ड ले पनि एक ताका निक्कै नै चर्चा पाएको थियो । मोबाइल बाट खिचेको भनिएको त्यो भिडियो एकताका प्राय: सम्पूर्ण बिद्यार्थी हरुको मोबाइलमा थियो । सुनिन्थ्यो ती विद्यार्थी इंडिया पढ्न गएका थिए रे तर त्यहाँ पनि उनीहरुले निक्कै हेला र तिरस्कार सहनु पर्यो र अपमानित हुनु पर्यो ।

 

 

यसरी फैलिन्छन् यस्ता सामग्री
सरकारले शब्द चयनको आधारमा फिल्टर मेसिन राखेर पोर्नसम्बन्धी सामग्री रहेका साइट नेपालभित्र हेर्न नमिल्ने बनाएको छ । यस्ता क्लिपहरु भने सामाजिक सञ्जालका प्रयोगकर्तामाझ व्यक्तिगत खातामा एकपछि अर्को गर्दै फैलिने गर्छ । सामाजिक सञ्जालले व्यक्ति–व्यक्ति र समूह बनाएर गोप्य रुपमा एकल वा समूहगत रुपमा कुराकानी गर्ने, तस्बिर, भिडियो बाँड्ने सुविधा दिन्छ । यहाँ सरकारी संयन्त्रको पहुँच पुग्दैन । यस्तै प्राइभेट च्याट रुममार्फत यस्ता सामग्रीहरु फैलने गरेका छन् ।

 

 

 

सामाजिक सञ्जालमा आ–आफ्नो रुचि अनुसारको सामग्री बाँड्न विभिन्न समूहको नाममा पेज बनेका छन् । त्यस्ता पेजले यस्ता सामग्री फैलाउने गरेको देखिन्छ । ‘बेस्टु काण्ड’ ‘नेप्लिज टिन एजर कन्फेसन’ नामक फेसबुक पेजमार्फत फैलिएको थियो । ‘जेम्स काण्ड’ बोका संगठन नामक फेसबुक समूहले भाइरल बनाएको थियो भने ‘फिटकिरी काण्ड’ म्यान्स एन्ड वुमन्स रिभोलुसनरी रुम र वुमन वारियर नेपाल नामक फेसबुक पेजमार्फत फैलिएको थियो । यस्ता पेजहरु हजारौँको संख्यामा छन्, जसले यस्ता सामग्री फैलाउन सघाइरहेको देखिन्छ ।

 

बिस्वास गुमेको युग

प्रबिधिले मानिसलाई सहज त बनाएको छ नै तर यो संगै बिकृती पनि भित्र्याएको छ । जतिसुकै बिस्वासिला देखिएका ब्यक्तिहरु पनि धोकेवाज निष्किन थालेको छन । बिस्वास गर्न योग्य कुरामा मात्र बिस्वास गर्न आवस्यक छ । एकपटकको गल्तिलाई आधार बनाएर फाईदा उठाउनेहरुपनी प्रशस्तै भेटिन्छ । बिस्वास गुमिसकेको छ, आफू सक्षम, सचेत रहनु नै यस्ता काण्डहरुबाट बच्ने उपाय हो । अन्यथा एक छिनको लापरबाहिले जीवन नै बर्बाद बन्ने गर्दछ ।