काठमाडौं । करिब ८ घण्टायता फेसबुकले धेरै प्रयोगकर्ताहरुमाझ आफ्नो कनेक्सन गुमाएको छ । धेरै प्रयोग कर्ताहरुले फेसबुकले काम नगरिरहेको टुइटरमा समेत भनेका छन् ।

त्यस्तै इन्सटाग्रामले पिन कम प्रयोगकर्ताहरु माझ मात्रै काम गररहेकाे छ । तर फेसबुकले यो ह्याक नभएको दाबी गरेको छ । उस्ले फेसबुक ह्याक नभएको तर अन्य समस्या देखिएको र त्यस्लाई फिक्स गर्नमा आफु लागेको बताएको छ । फेसबुक तथा कतै कतै म्यासेन्जरमा समाग्रीहरु प्रकाशन भैइरहेका छैनन ।

 

 

 

यसअघि हिजो जिमेलले पनि काम गर्न छोडेको थियो । पछि समस्या फिक्स गरेपछि जिमेलले काम गरेको छ । फेसबुकले काम नगरेको र समस्या भएको कुरा टुइटरमार्फत जानकारी गराएको थियो ।

 

के हो कारण?

फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन। फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन्। म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ।

 

 

 

ह्वाट्सएपमा यसको असर देखिएको छैन। “फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,” फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ। अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ।

 

 

 

अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ। यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए। अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसक्यो।