काठमाडौं : नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे आएपछि पछिल्लो समय चलाइएको सबैभन्दा ठूलो विगो दावी गरिएको मुद्दा हो।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले खड्का विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दर्ता भएको जानकारी दिए।