२०७६ सालमा जम्मा १५ दिन सार्वजनिक विदा, धर्म, संस्कृति र भौगोलिक क्षेत्रअनुसार पनि बिदा

२०७६ सालमा जम्मा १५ दिन सार्वजनिक विदा, धर्म, संस्कृति र भौगोलिक क्षेत्रअनुसार पनि बिदा

इ-परेवा

@Eparewa

२०७५ चैत १ गते शुक्रबार ११:१८

काठमाडौं-सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो । यस्तै बेग्लाबेग्लै धर्म, सस्कृती, भौगोलिक क्षेत्र...

काठमाडौं-सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो । यस्तै बेग्लाबेग्लै धर्म, सस्कृती, भौगोलिक क्षेत्र अनुसार पनि बिदा दिएको छ ।

 

 

 

देशभर लागू हुने सार्बजनिक बिदा,
वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।

जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार ।

असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन ।

असोज ३ गते शुक्रबार संविधन दिवस, १८ गते शनिबार देखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।

कात्तिक महिनामा तिहार १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म ३ दिन अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ ।

मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन ।

फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्री, २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस, फागु पुर्णिामा २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।

चैत महिनामा भने सार्वजनिक विदा परेको छैन ।

 

 

 

महिला, अपाङता, शिक्षण सस्थाको लागि मात्र बिदा
महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ ।

जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् ।

अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ ।

शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।

 

 

धर्म, संस्कृति र भौगोलिक क्षेत्र अनुसार विदा

सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।

जसमा काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसमा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिइएको छ ।

त्यस्तै कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा दिइएको छ ।

किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा) का दिन जेठ ४ गते शनिबार विदा पाउनेछन् ।

किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार उनीहरुलाई सार्वानकि विदा दिइएको छ । इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा हुनेछ ।

सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार विदा हुनेछ । मधेसमा कात्तिक १६ गते शनिबार छठ पर्वको विदा हुनेछ ।

 

 

 

गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार विदा पाउनेछन् । माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा पाउनेछन् ।

हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार विदा पाउनेछन् ।

त्यस्तै इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा पाउनेछन् । झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको छ । धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा उक्त दिन विदा दिने राजपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०७५ चैत १ गते शुक्रबार ११:१८
प्रतिक्रिया दिनुहोस