अब नेपालमा नै ४ पाङग्रे सवारी साधन उत्पादन हुने,१० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत

अब नेपालमा नै ४ पाङग्रे सवारी साधन उत्पादन हुने,१० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत

इ-परेवा

@Eparewa

२०७५ चैत २ गते शनिवार ०२:५१

काठमाडौं-लगानी बोर्डले चार पाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औ बैठकले चार पाङग्रे सवारी साधन उत्पादनका लागि युनिट...

काठमाडौं-लगानी बोर्डले चार पाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औ बैठकले चार पाङग्रे सवारी साधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरि १० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत गरेको हो ।

 

 

बैठकले अरुण तेश्रो आयोजनामा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गर्ने गरि स्थानीय स्तरको कार्यदल गठन गरेको छ । बैठकले सो कार्यदललाई ३ महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्ने समय सिमा पनि तोकेको छ । अरुण तेश्रो आयोजनाको वित्तियस्रोत जुटाउनका लागि बैठकले जुन २०१९ सम्म ३ महिना समय थप गरेको छ ।

 

 

बैठकमा बोर्डको सचिवालयले लगानी सम्मेलनको बारेमा भईरहेको तयारी र प्रगतीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।
बोर्डले लगानी सम्मेलनको लागि आफैले बनाएको ४५ वटा र निजी क्षेत्रबाट १७ वटा गरि ६० बढी आयोजनाहरु प्रस्तुत गर्ने गरि आयोजनाहरुको स्वीकृत गरेको छ । यसरी छनौट गरि स्विकृत भएका परियोजनाहरु फोहर मैला, यातायात,पर्यटन, जलविद्युत लगायत विभिन्न क्षेत्रका आयोजनाहरु रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

 

 

साथै उनले लगानी सम्मेलनका लागि ४ सय भन्दा बढी विदेशीको सहभागीता सुनिश्चित भईसकेको र सो अवसरमा केही आयोजनाको दुई पक्षीय सम्झौता हुने र केहीको एमओयुमा हस्ताक्षर गर्ने तयारी पनि भईरहेको जानकारी दिए । बैठकले धादिङमा निर्माण सुरु भएको हुवासी सिमेण्टको स्थानीय स्तरमा वितरण गर्ने शेयर स्वामित्वको पनि स्वीकृति दिएको छ । यो खबर रातोपाटीमा लेखिएको छ ।

प्रकाशित मिति २०७५ चैत २ गते शनिवार ०२:५१
प्रतिक्रिया दिनुहोस