भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरे ‘म पनि चौकीदार’ अभियान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरे ‘म पनि चौकीदार’ अभियान

इ-परेवा

@Eparewa

२०७५ चैत २ गते शनिवार १२:०८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को ‘म पनि चौकीदार’ अभियान शनिबार सुरु गरेका छन् । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियान् सुरु...

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को ‘म पनि चौकीदार’ अभियान शनिबार सुरु गरेका छन् । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियान् सुरु गरेका हुन् ।

 

 

 

‘तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन,’ उनले भने, ‘हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन् ।’ मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताए ।

 

 

कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले ‘चौकीदार चोर भयो’ भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले ‘म पनि चौकीदार’ अभियान उनले सुरु गरेका हुन् । सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको देखाएको अधिकारीहरुले जनाएका छन् । यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई ‘चियावाला’ को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो । यो खबर नयाँ पत्रीका दैनिकमा लेखिएको छ ।

प्रकाशित मिति २०७५ चैत २ गते शनिवार १२:०८
प्रतिक्रिया दिनुहोस