यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। आइतबार बिहान ८ बजेबाट शुरु भएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्।

 

 

यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आजबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन्। परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन्।

 

 

परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी छन्। कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी छन्। त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल छन्। परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

 

 

चर्चित अभिनेत्री करिष्मा मानन्धर

कुनै बेला नेपाली चलचित्रकी सफलतम नायिका अचेल पढाइमा सफल हुन खोजिरहेकी छन्। व्यस्त जीवनशैलीबाट समय निकालेर नायिका करिश्मा मानन्धरले केही वर्ष अघि सबैलाई छक्क पारिदिइन् जब उनले आफू पुन: विद्यालयमा भर्ना हुने घोषणा गरिन्। ४५ वर्षीया उनले यस वर्ष एसइइ परीक्षा दिँदैछिन्।

 

 

आजदेखि सुरु भएको एसइई परीक्षा दिन नायिक करिश्मा मानन्धर आफै गाडी हाँकेर परीक्षा हल पुगेकी पुगिन्।  त्रिवेणी माध्यामिक विद्यालय, मैतिदेवीमा अध्ययनरत करिश्माको परीक्षा केन्द्र विजय स्मारक विद्यालय डिल्लीबजारमा परेको थियो। बा ९ च ४२६ नम्बरको आइ २० गाडी हाँकेर पुगेकी करिश्माले लिखित परीक्षा दिनुभन्दा अघि इन्टरभ्यु दिनु पर्‍यो मिडियाका लागि।