श्रीमतीलाई जबर्जस्ती करणी आरोपमा ६ महीना कैद, ५० हजार रुपैयाँ जरिवाना

श्रीमतीलाई जबर्जस्ती करणी आरोपमा ६ महीना कैद, ५० हजार रुपैयाँ जरिवाना

इ-परेवा

@Eparewa

२०७५ पुस २४ गते मङ्गलबार १२:५१

भोजपुर : जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद, ५० हजार रुपैयाँ जरिवाना सजाएको फैसला गरेको छ।  न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा...

भोजपुर : जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद, ५० हजार रुपैयाँ जरिवाना सजाएको फैसला गरेको छ। 

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो। 

गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

दोषी भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्ने हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङ रहेका छन ।

प्रकाशित मिति २०७५ पुस २४ गते मङ्गलबार १२:५१
प्रतिक्रिया दिनुहोस