इन्डोनेसियाको राजधानी जकार्ता मा रहेको ड्रिमलेण्डका रुपमा चिनीने पार्कमा दुई निर्वस्त्र मूर्तिलाई वस्त्रले छाेपिएको छ । करिब १५ वर्षदेखि रहिआएका जलपरीलगायतका अन्य निर्वस्त्र मूर्तिहरु मध्ये दुई जलपरीको वक्षस्थल छाेप्न वस्त्र लगाइएको हो ।

 

 

मूर्तिको वक्षस्थल छाेप्न वस्त्र लगाएपछि पार्कमा जानेहरु निराश बनेका छन् । पार्कमा आफ्ना बच्चासँग आएकी नन्दा जूलिन्दाले भनेकी छन् “यी मूर्तीहरुले हामीलाई केही हानी गरिरहेको थिएन, तर एक्कासी कपडा(वस्त्र)ले छाेपेको देख्दा आश्चर्य लाग्यो ।”

त्यस्तै एक अर्का व्यक्ति एम तुफिक फिकीले भनेका छन् “यी मूर्तीहरु हुन्, यसरी ढाँकेको देख्दा राम्रो लागेन ।” अहिले इन्डानेसियाको राजधानी क्षेत्रमा यो कुरामो मतभेद भइरहेको छ ।

 

 

 

तर पार्कमा रहेका जलपरीका निर्वस्त्र मूर्तिमध्ये दुई मूर्तिको वक्षस्थललाई ढाँक्नुकाे आशय ‘पूर्वी मान्यता एवं परम्परा’लाई सम्मान गर्नु रहेकाेसमेत बताइएको छ । कतिपयका अनुसार पूर्वी मुल्य मान्यतालाई सम्मान गर्दै यसो गरिएको जनाइएको छ । पार्क प्रशासनले भने यो पूर्व योजना नै रहेको बताएको छ । पार्कका प्रवक्ता रिका लेस्टरी आफुहरुले पूर्व योजना अनुसार नै यस्तो प्रबन्धन गरेको बताउँछन् ।

 

 

उता जलपरीका मूर्ति बनाउने मूर्तिकार डोलोरोसा सिनागाले भने पार्क प्रशासनले आफ्नो कला छुपाएको आरोप लगाए छन् । उनले भने “पार्क प्रशासनको यो कामले मूर्तिलाई उस्को सुन्दरताबाट लुकाएर राख्यो ।”

एजेन्सीको सहयोगमा न्युज २४ टि.भि. नेपालले तयार पारेको यो खबरले निकै चर्चा पाएको छ ।