प्रधानमन्त्री: नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ

प्रधानमन्त्री: नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ

इ-परेवा

@Eparewa

२०७५ चैत १५ गते शुक्रबार ०८:०६

अनलाइन खबर-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी लिएर आउन आग्रह गरेका छन् । नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको भन्दै ओलीले कुनै पनि द्विविधा नपरी लगानी लिएर नेपाल आउन आग्रह गरे ।       शुक्रबार...

अनलाइन खबर-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी लिएर आउन आग्रह गरेका छन् । नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको भन्दै ओलीले कुनै पनि द्विविधा नपरी लगानी लिएर नेपाल आउन आग्रह गरे ।

 

 

 

शुक्रबार काठमाडौंमा लगानी सम्मलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको बताए ।

 

 

 

‘नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ,’ उनले भने,’यहाँ जलविद्युतमा उच्च सम्भावना छ, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षत्रेमा प्रशस्त सम्भावना छन् ।’

प्रकाशित मिति २०७५ चैत १५ गते शुक्रबार ०८:०६
प्रतिक्रिया दिनुहोस