बिबिसि नेपाली– अस्ट्रेलिया-मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी भएपछि तस्बिर खिच्ने पर्यटकहरूको घुँइचो लागेको छ। मेलबर्नको वेस्टगेटमा रहेको यो मानवनिर्मित ताल हालै गुलाफी बनेको हो । चर्को घाम, कम बर्षा र बढ्दो तापक्रमका कारण पानीको रङ्ग गुलाफी भएको बताइएको छ ।
 
 
मेलबर्नको वेस्टगेटमा रहेको यो मानवनिर्मित ताल हालै गुलाफी बनेपछि यहाँ पर्यटकको घुँइचो लाग्न थालेको हो । चर्को घाम, कम वर्षा र बढ्दो तापक्रमका कारण तालमा रहेका लेउले बेटो कारोटेन भनिने रातो रङ्ग उत्पादन गर्छ । गुलाफी रङ्गका कारण सन् २०१३ देखिनै पर्यटकहरू यहाँ झुम्मिन थालेका हुन् ।
 
 
पर्यटकहरूले तालको रङ्गलाई पृष्ठभूमिमा राख्दा राम्रो देखिने गरि लुगाको रङ्ग छान्छन् । पार्कले भने पानीमा भएको उच्च क्षार मात्राका कारण पानीको नजिक नजान सूचना जारी गरेको छ । सामाजिक सञ्जालमा मानिसहरूले तालबाट कुहिएको अण्डाको जस्तो गन्ध आउने बताएका छन् । तालको गुलाफी रङ्ग मौसम चिसो नभएसम्म कायम रहन्छ ।
 
अष्ट्रेलिया, स्पेन, क्यानडा र सेनेगलका अन्य तालहरूमा पनि पानी गुलाफी हुने गर्दछ ।