बच्चा र बुढा सबैभन्दा बढी चिसोको सिकार हुने गर्दछन, साना बच्चालाई झनै छिटो चिसोले सताउछ, चिसोबाट जोगाउन सकिएन भने रुघाखोकी, निमोनिया ईत्यादी रोगहरु लाग्न सक्छ । जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ।

१. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने।
२. बच्चा बस्ने र सुत्ने कोठामा कार्पेट ओछ्याउने, सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने ।
३. धेरै बाक्ला लुगा लगाईदिने, ओढाईदिने गरेर असजिलो र गुम्म पार्नु हुँदैन।
४. बासी, चिसो खानेकुरा सकेसम्म नदिने, उमालेको पानी पिउन खुवाउनु पर्दछ ।
५. सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक खुवाउने ।

६. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
७. बच्चालाई जाडो महिनामा खाना रुच्ने हुनाले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउने ।
८. बच्चालाई रुघा खोकी लागेको समयमा लामो यात्रामा नलैजाने, बाहिर लैजादा मास्क लगाएर मात्र निकाल्ने ।
९. रुघा लागेको मान्छेसँग घुलमिल नगराउने।
१०. आमाले आफ्नो लागि तातो, न्यानो कपडा लगाउने, तातो झोलिलो खानेकुरा खाने ।