नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा हतियार बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् ।

 

 

 

घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गन पेस्तोल १ थान, लामो स्प्रिङ ३ थान, बाकस बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख निरीक्षक नारायण डाँगीले जनाकारी दिए । प्रहरी टोली पुग्दा नेपाली दुई तले पक्की घरको भुइँतलाको साँघुरो कोठामा हतियार बनाउँदै थिए । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।

 

 

 

सर्पले डसे के गर्ने 

-सर्पले डसेको एक मिनेटभित्रै शरीरमा भएका टाइट गहना र कपडा फुकाल्नुपर्छ । उक्त ठाउँमा दह्रो गरी पट्टी बाँध्नुहुँदैन ।
-जुन ठाउँमा डसेको छ, उक्त भागलाई मुटुको लेभलभन्दा तल राख्नुपर्छ ।
-जस्तो छ, त्यस्तै अवस्थामा घाइतेलाई स्थिर राख्नुपर्छ । यसो गर्दा विष शरीरका अन्य भागमा फैलन पाउँदैन ।

 

 

-जुन ठाउँमा टोकेको छ, उक्त ठाउँमा हल्का कपडाले छोप्नुपर्छ ।
-घाइतेलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।
-सर्पले टोकेको चार घन्टाभित्र एन्टिवेनमको इन्जेक्सन दिनुपर्छ ।
-डसेपछि सर्प मार्ने असफल प्रयास गर्नुहुँदैन । किनकि, बिच्किएर उम्किएमा त्यसले अरूलाई पनि डस्न सक्छ ।
-चुसेर विष निकाल्ने प्रयास गर्नुहुँदैन ।
-अल्कोहल, चिया, कफी पिउने गल्ती गर्नुहुँदैन ।