काठमाडौँ, १६ चैत्र – राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत विभिन्न सफल सौन्दर्य प्रतियोगिता , फेशन शो, अवार्ड तथा सम्मान कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल मोडल सङ्ग्स नेपालले राजधानीमा “मिस्टर एण्ड मिस एसईई सुपर स्टार, २०१९ आयोजना गर्ने भएको छ ।

एसईई दिएर वसेका परिक्षार्थीहरुलाई लक्षित गरि उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्दि गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक मोडल सङ्ग्स नेपालका सिईओ डेविल सिंह राजपुतले जनाए ।

काठमाडौको नयाँ बानेश्वरस्थित दि वर्गर हाउस एन्ड क्रन्ची फ्राईड चिकेन होटेलमा चैत्र २३ र ३० गते अडिसन राखिएको आयोजक मोडल सङ्ग्स नेपालले जनाएको छ ।

सौन्दर्य प्रतियोगिता मार्फत निखारिएर मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर उचित अवसरबाट वन्चित र एसईई दिएर वसेका परिक्षार्थीहरुलाई लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलबाट छनौट गरी करिव २ महिना लामो विशेष प्रशिक्षण पश्चात अन्तिम प्रतिस्पर्धा गराइने छ ।

छनौट हुने प्रतियोगिहरुलाई करिव २ महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

प्रतियोगिताको बिजेताले ताज सहित नेपालको ख्यातिप्राप्त विभिन्न शैक्षिक संस्थाहरुबाट पूर्ण शैक्षिक छात्रवृत्ति तथा सहभागी अन्यले आंशिक शैक्षिक छात्रवृत्ति प्राप्त गर्नेछन भने अन्य विभिन्न गिफ्ट ह्याम्परहरु समेत प्रदान गरिने आयोजक राजपुतले बताए ।