मानबता हराएको घटना: ट्याक्सी चालक, शसस्त्रको गाडी, डाक्टर श्रीमानले कुटेर श्रीमतीको मृत्यु

मानबता हराएको घटना: ट्याक्सी चालक, शसस्त्रको गाडी, डाक्टर श्रीमानले कुटेर श्रीमतीको मृत्यु

इ-परेवा

@Eparewa

२०७५ चैत १७ गते आईतबार ०२:०४

सिधा कुरा जनता संग- न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३५९ औंएपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै कार्यक्रमको आजको एपिसोडमा विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग...

सिधा कुरा जनता संग- न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३५९ औंएपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै कार्यक्रमको आजको एपिसोडमा विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

 

 

 

निर्घात कुटिएकी सुनिता यादवको मृत्युपछि मात्र डाक्टर श्रीमान प्रहरीको हिरासतमा !

काठमाडौं । डाक्टर श्रीमानबाट निर्घात कुटिएकी वीरगञ्ज २० की सुनिता यादवको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ३६ वर्षीया यादवको शुक्रबार मृत्यु भएको हो । डाक्टर श्रीमान सचितानन्द यादवको कुटाइबाट शरीरभरी र टाउकोमा समेत चोटपटक लागेको उनलाई सुरूमा नारायणी उपक्षेत्रिय अस्पताल हुँदै वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि चैत १२ गते उनलाई शिक्षण अस्पताल ल्याइएको थियो ।

 

 

 

मानवता नभएको ट्याक्सी चालक !

काठमाडौं । ट्याक्सी, आपतकालीन अवस्थामा एम्बुलेन्सको रुपमा हेरिन्छ । अलि बढी भाडा तिरेर समयमै सुरक्षीत गन्तव्यमा पुग्ने ढुक्क साथ यात्रु ट्याक्सीमा यात्रा गर्छन् । यही सोचेर बुधबार मध्यानमा गोकर्णेश्वरका गोपाल कारञ्जित अस्पतालको उपचारपछि घर जान भन्दै चावहिलबाट ट्याक्सी चढे । मेडिकेयर अस्पतालमा मुटुको चेकजाँचपछि कारञ्जितका छोरासँगै भएपनि मोटरसाइलमा असहज हुन सक्ने भन्दै बा १ ख ३८५१ ट्याक्सी चढेका थिए । ट्याक्सी चढेको केही दुरीमै सो ट्याक्सी सडक छेउमा आएर रोकियो ।

 

 

 

मानवता विर्सिएको ससस्त्र प्रहरीको गाडी !
यस्तै अर्काे घटना । सशस्त्र प्रहरीले सडकमा आफैले दुर्घटना गराई मानवता विर्सिएर गाडी रोक्दै नरोकी भगाएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बा १ झ ९५२७ नम्बरको पछुवा गाडीले बबरमहलमा एक स्कुटरलाई ठक्कर दिएर भागेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाशित मिति २०७५ चैत १७ गते आईतबार ०२:०४
प्रतिक्रिया दिनुहोस