सरकारी तलब खाने कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाए तलब रोक्का

सरकारी तलब खाने कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाए तलब रोक्का

इ-परेवा

@Eparewa

२०७५ चैत १७ गते आईतबार ०४:०६

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सरकारी तलबभत्ता खाने कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाएमा तलबभत्ता रोक्ने निर्णय गरेको छ । गत वर्ष आंशिकरुपमा लागू भएको सो निर्णयलाई यस वर्ष अनिवार्य र कडाइका साथ लागू गरिने...

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सरकारी तलबभत्ता खाने कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाएमा तलबभत्ता रोक्ने निर्णय गरेको छ । गत वर्ष आंशिकरुपमा लागू भएको सो निर्णयलाई यस वर्ष अनिवार्य र कडाइका साथ लागू गरिने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

 

 

 

‘सङ्घीय सरकारको नीति तथा गाउँ शिक्षा समितिले यही चैत ७ गते निर्णय गरी हामी अगाडि बढेका छौँ,’ उनले भने, ‘सरकारी कोषबाट तलबभत्ता खाने कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी वा निजको संरक्षकत्वमा रहेका सन्तानलाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने नियमलाई लागू गर्न कडाइका साथ निर्देशन दिएका छौँ ।’

 

 

 

शिक्षक र कर्मचारीले सरकारी तलबभत्ता खाने अनि छोराछोरीलाई निजी विद्यालयमा पढाउनाले शिक्षाको गुणस्तर खस्किएको थापाले बताए । आफूले अध्यापन गर्ने विद्यालयमै छोराछोरी पढाउनुपर्ने नियम बनाइएको थापाले उल्लेख गरे ।

शैक्षिकसत्रको शुरुआतसँगै यो नियम अनिवार्यरुपमा लागू हुने थापाले स्पष्ट पारे । ‘यो नियम लागू गर्न पूर्व तालीम, प्रशिक्षण दिएर आवश्यक पूर्वाधार पनि तयार गरिसकेका छौँ,’ उनले भने् । रासस

प्रकाशित मिति २०७५ चैत १७ गते आईतबार ०४:०६
प्रतिक्रिया दिनुहोस