तराईका जिल्लामा हावाहुरीका कारण २५ ज्यान गयो र ४ सय घाइते

तराईका जिल्लामा हावाहुरीका कारण २५ ज्यान गयो र ४ सय घाइते

इ-परेवा

@Eparewa

२०७५ चैत १७ गते आईतबार ०५:२५

काठमाण्डौ – आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ...

काठमाण्डौ – आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ ।

 

 

 

त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । हताहत हुनेको संख्या अझै बढ्ने सक्ने आशंका गरिएको छ ।हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको र दर्जनौँ नागरिक घाइते भएको केन्द्रले जनाएको छ ।
घटनाको विस्तृत विवरण आइसकेको छैन ।

 

 

 

साँझ सात-साढे सात बजे आएको हावाहुरीका कारण चार सय जना जति घाइते भएको बारा प्रहरी कार्यालयका हवल्दार कामेश्वर प्रसाद जैसवारले जानकारी दिए। ‘साँझ एक्कासि हावाहुरी आयो। हामी जितपुरतिर थियौं,’ उनले भने, ‘अलिअलि पानी र असिना परिरहेको थियो। त्यस्तो बेजोड हावाहुरी भए जस्तो लागेको थिएन। तर क्षति हेर्दा भने अवस्था बेग्लै रहेछ।’ उनका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन।

 

 

 

घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल र घरका छाना भत्किएको उनले बताए। ‘अधिकांशको घर र छानामा च्यापिएर मृत्यु भएको छ,’ हवल्दार जैसवारले भने।

प्रकाशित मिति २०७५ चैत १७ गते आईतबार ०५:२५
प्रतिक्रिया दिनुहोस