बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको छ । आइतबार एक्कासी आएको हावाहुरी र असिना–पानीका कारण ठूलो संख्यामा घाइते भएपछि उपचारका लागि रगत अभाव भएको हो ।

वीरगञ्ज अस्पतालमा घाइतेहरूकाे उपचारमा खटिएका एक चिकित्सकका अनुसार ब्लट बैंकमा ब्लट नभएको कारण बिरामीको उपचार रोकिएको छ। उनकाे अनुसार एबि पोजेटिभ, ओ पोजेटिभ, ए पोजेटिभ र ए नेगेटिभ रगतको अभाव भएको हो । छिटो भन्दा छिटो ब्लड चाहिएको पनि उनले बताए ।

 

 

 

अस्पताललाई एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ । हावा हुरीका कारण बारा र पर्सा गरी कम्तीमा २८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घाइते भएका छन् ।

 

 

 

राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । बाराको भलुही, भरबलीया, फेटा, चैनपुलगायतका गाउँहरु हुरीबाट बढी प्रभावित छन् ।