बनेपा, १८ चैत्र – बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलले हात पारेका छन ।

चर्चित गायक स्वरुपराज आचार्यको आवाजमा रहेको मृत्यु पछि बोलको गीतको म्यूजिक भिडियोबाट उनले यस वर्षको नाट्यश्वर म्यूजिक अवार्डमा आधुनिक विधामा वर्षको उत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन । भिडियोको निर्देशन संचारकर्मी एवं निर्देशक नव ढुंगेलले गरेका थिए भने छायांकन अमुत सुनुवार र सम्पादन माधव बेल्वासेले गरेका थिए । भिडियोमा राजलाई मोडल सलिना अनिल तथा रामकृष्णले साथ दिएका थिए ।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको थियो ।
भारतको एसिएस मिडिया तथा नायर ईण्डियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित लुइँटेल भर्खरै मात्र थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ तथा नेशनल बोस्टर म्यूजिक अवार्डमा पपुलर मोडलको अवार्ड तथा हालै ईजिप्टको अलेक्जेण्ड्रियामा एमएसएन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका थिए ।