लगानी सम्मेलनमा मन्त्रीको अंग्रेजीमा गरेको भाषण किन हासे सबैजना हेर्नुहोस

लगानी सम्मेलनमा मन्त्रीको अंग्रेजीमा गरेको भाषण किन हासे सबैजना हेर्नुहोस

इ-परेवा

@Eparewa

२०७५ चैत १९ गते मङ्गलबार ०८:१२

अनलाइन खबर- राजधानीमा यसैसाता सम्पन्न दुई दिने लगानी सम्मेलनमा उद्योगमन्त्री मात्रिका यादव ‘उपेक्षित’ बनेको विषयले निकै चर्चा पायो । त्यसो त सम्मेलनमा उनले अंग्रेजीमा गरेको भाषण पनि कम ‘चर्चायोग्य’ थिएन । मन्त्री यादवले सम्मेलनको...

अनलाइन खबर- राजधानीमा यसैसाता सम्पन्न दुई दिने लगानी सम्मेलनमा उद्योगमन्त्री मात्रिका यादव ‘उपेक्षित’ बनेको विषयले निकै चर्चा पायो । त्यसो त सम्मेलनमा उनले अंग्रेजीमा गरेको भाषण पनि कम ‘चर्चायोग्य’ थिएन । मन्त्री यादवले सम्मेलनको पहिलो दिनमा उद्योगसम्वन्धी सत्रको अध्यक्षता गरेका थिए । सबै प्यानलिस्टहरुले बोलिसकेपछि अन्त्यमा उनले मन्तव्य दिने पालो आयो । सहजकर्ता प्रदिपकुमार श्रेष्ठले तपाईंलाई ‘अनुवादक चाहिन्छ कि ?’ भनेर पनि सोधे । मन्त्री यादवले नचाहिने संकेत गरे । उनको लिखित भाषण अंग्रेजीमै रहेछ ।
 
कुर्सीमा उपरखुट्टी लगाएर बिन्दास पारामा बसेका मन्त्रीले तिघ्रामा भाषणको कपि राखे अनि पढ्न थाले । पढ्दै गर्दा उनको उच्चारण अति अशुद्ध मात्रै थिएन, कतिपय त गलत अर्थ दिने पनि थियो । जस्तो कि उनले प्लेस (स्थान) लाई बारम्बार प्यालेस (दरबार) भनेका थिए । कतिपय शब्द फड्कार्न उनलाई निकै कष्ट परेको थियो भने बारम्बार अड्किएका थिए । साथै बेलाबखत लिखित भाषणबाट बाहिर निस्केर मन्त्री यादवले अंग्रेजीमै आफ्नो वाक्पटुता देखाउन खोज्दा हाँसो सिर्जना भयो ।
लगानीलाई सहज बनाउन गरिएका कानूनी सुधारहरुको चर्चा गर्ने क्रममा लिखित भाषणबाट बाहिर निस्केर उनले भने, ‘इन नेपाल एन्ड इन पास्ट, दिस इज बिग प्रोब्लेम । बट नाउ, नट प्रोब्लेम । आई रिक्वेस्ट टु यू, यू फेथ, आइ एम रेडी टु प्रोटेक्ट द इन्टेलेक्चुअल प्रपर्टी ।’
त्यसपछि उनले वान स्टप सर्भिस सेन्टरको विषय झिके । लिखित भाषण पढ्दै उनले लगानी प्रक्रिया सहज गर्न वान स्टप सर्भिस सेन्टर स्थापना हुन लागिरहेको जानकारी दिए । अनि, यसलाई रोचक किसिमले व्याख्या गरे ।
 
‘यू अल आर नो इन पास्ट यू गो इदर एन्ड दिदर फर अ वान जब । बट नाउ यू नट गो इदर एन्ड दिदर । वान स्टप । वान प्यालेस ।’ उनले यसो भन्दा हलमा हाँसो गुञ्जियो ।
त्यसपछि मन्त्री यादवले अटोमेसनको प्रसंग निकाले । फेरि कागजभन्दा बाहिर गएर भने, ‘यू नो एभ्रिबडी एबाउट अटोमेसन… नो टाइम टु एक्सप्लानेसन ।’
 
‘सम टाइम वी डु सो मेनी थिंग बट इन डाटा हु (निक्कै बेर रोकिएर) हु गिभ अस मार्क डु नोट एड… अल्सो…. आवर सम अवसर अल्सो…. डु नट पुट… ह्वीच हि डीड… डु नट पुट… सो दिस इज अल्सो प्रोब्लेम….बट आवर विजनेस डुइङ इज नट ब्याड… वी आर गोइङ टु अप… बट स्लोली… सो वी रेडी… नाउ यू पिपुल नो वि आर इन टोटली अदर प्यालेस (प्लेस), पोल्टिकल्ली एन्ड आवर माइन्ड सेट इज अल्सो न्यू नट ओल्ड…(ताली बज्छ) विकाउज इन पास्ट, फिटा फिटा… इफ फिटा कम देन एभ्री थिङ लस । (हात हल्लाएर बोल्दै गर्दा तिघ्रामा राखेको कागज भूईंमा खस्छ । निहुरेर टिप्छन् ।) बट नाउ वि अन्डरस्टेन्ड ह्वाट इज फिटा । सो आवर प्राइमिनिस्टर अल सेक्टर वेल्कम टु यू कम इन्भेस्टमेन्ट एन्ड… ।’ वाक्य टुंग्याउन नसकेपछि उनले बीचमै हातले इशारा गरेर छोडिदिन्छन् । मन्त्रीले के भन्न खोजेका हुन् सायदै कसैले बुझ्यो । फेरि हाँसो चल्यो ।
 
अनि अर्को सन्दर्भ निकाल्छन् ।
‘समबडी थिंक ह्वाट विल बी आवर मनी एन्ड आवर पोदारजी एन्सर्ड नो प्रोब्लेम टु रिटर्न मनी यू केन इजीली ।’
कुनै प्रष्ट वाक्य बोले भने सहभागीले हौस्याउँदै ताली बजाउँथे ।
मन्तव्य टुंग्याउँदै मन्त्री यादव भन्छन्, ‘एट लास्ट, नो केन गो फरवार्ड एलोन…।’
लिखित भाषण सकिएपछि फेरि सहजकर्ता प्रदिप श्रेष्ठले उनको भनाइको सारांश बताइने प्रयास गरे ।
‘उहाँले जे बोल्नुभयो, हृदयले बोल्नुभयो । उहाँले नेपालमा लगानीको लागि राम्रो वातावरण छ भन्ने सन्देश दिनुभएको छ ।’ श्रेष्ठले भने ।
तर, मन्त्री यादवले फेरि बोल्न खोजे । उनलाई माइक दिइयो ।
 
उनले भने, ‘बट ह्वेयर इज द प्रोब्लम… आई रिमेम्बर… म्यानेजमेन्ट द हाउस आउट कुड नट सी ब्याक पर्सन… एन्ड आई फिल ह्वेन आई एम योङ एन्ड रिड द नोबेल अफ मेजर करण रन्जित… सम पर्सन इन स्याडो एन्ड दे मिटिङ इन स्याडो नट देयर लाइट । सो अदर चान्स ।’
मन्त्रीले भन्न खोजेको कुरा बुझिँदैन ।तर,सहजकर्ता श्रेष्ठले ‘आई फुल्ली अन्डरस्ट्यान्ड’भन्दै उनको भनाईमाथि प्रकाश हाल्ने प्रयास गरे ।
मन्त्री यादवको भाषण वास्तवमा एउटा दृष्टान्त मात्रै थियो । प्रधानमन्त्री र अर्थमन्त्रीलाई छोडेर सम्मेलनमा विभिन्न सत्रको अध्यक्षता गरेका अन्य मन्त्रीहरुको पनि उही हालत थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटा, उर्जा मन्त्री वर्षामान पुन र भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले पनि दयनीय ढंगले अंग्रेजी भाषण पढे । तर, उनीहरु लिखित भाषणभन्दा बाहिर नगएकाले हाँसोको पात्र भने बनेनन् । मन्त्री महासेठले २ खर्बलाई अंग्रेजीमा भन्न नसक्दा अरुलाई सोधेका थिए ।
 
सम्मेलनमा मन्त्रीहरुले अंग्रेजीमै भाषण गर्नुपर्ने वाध्यता भने थिएन । कृषि मन्त्री चक्रपाणि खनालले नेपालीमै मन्तव्य दिएका थिए । उनको मन्तव्यलाई पछि अंग्रेजीमा उल्था गरेर सुनाइएको थियो । अन्य मन्त्रीले पनि अंग्रेजी मोह नदेखाई नेपालीमै भाषण गरेर अनुवाद गराएको भए केही फरक पर्नेवाला थिएन ।
कम्तिमा उनीहरुले भनेका वा भन्न खोजेका कुराहरु विदेशी सहभागीले राम्ररी बुझ्न सक्ने थिए ।
प्रकाशित मिति २०७५ चैत १९ गते मङ्गलबार ०८:१२
प्रतिक्रिया दिनुहोस