मिस मंगोलियन ईम्पायरको अडिसन ३० चैत्रमा

मिस मंगोलियन ईम्पायरको अडिसन ३० चैत्रमा

इ-परेवा

@Eparewa

२०७५ चैत २३ गते शनिवार ११:२९

काठमाडौं, २२ चैत्र - मिस मंगोलियन ईम्पायर-२०१९ को अडिसन २३ र ३० चैत्रमा हुने भएको छ । प्रतियोगिताको अडिसन दरबार मार्ग स्थित माला आर्ट्स एकेडेमीमा हुन गई रहेको हो । क्लब फोर्टी इन्टरनेशनलको आयोजनामा हुन लागेको प्रतियोगितामा मंगोल...

काठमाडौं, २२ चैत्र – मिस मंगोलियन ईम्पायर-२०१९ को अडिसन २३ र ३० चैत्रमा हुने भएको छ । प्रतियोगिताको अडिसन दरबार मार्ग स्थित माला आर्ट्स एकेडेमीमा हुन गई रहेको हो । क्लब फोर्टी इन्टरनेशनलको आयोजनामा हुन लागेको प्रतियोगितामा मंगोल नारीहरुले प्रतिस्पर्धामा भाग लिदैछन । अडिसन राउण्डबाट केही प्रतिस्पर्धीहरु अन्तिम राउण्डका लागि छनौट हुनेछन । फिनालेमा जान सफल प्रतियोगी मध्येबाट उत्कृष्ट ३ को छनौट गरिनेछ ।

प्रतियोगिताको मुख्य विजेताले स्कुटर सहित गिफ्ट हाम्पर र फर्स्ट एबम सेकेन्ड रनर अपले थाईल्याड ट्रिपमा जान पाउने छन । साथै प्रतियोगीहरुले ब्यक्तित्व विकास, सौन्दर्य एबम फेशनसँग सम्बन्धि ज्ञान, सेलिब्रिटीसग भेटघाट आदी अवसरहरु पाउने आयोजकले उल्ल्लेख गरेको छ ।

प्रकाशित मिति २०७५ चैत २३ गते शनिवार ११:२९
प्रतिक्रिया दिनुहोस