२३ चैत, काठमाडौं – पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले नयाँ विश्व ब्यबस्था हाक्न सक्ने युवा नेतृत्व आजको आबस्यकता रहेको बताएका छन । ूराष्ट्र निर्माणमा युवा नेतृत्वू बिषयक कार्यक्रममा बोल्दै नेता ढकालले फराकिलो दृस्टीकोण, सार्बजनिक चिन्तन, उच्च मूल्यमान्यता र देशभक्तिको भावनाले ओतप्रोत नेतृत्वले मात्र समाज र राष्ट्रमा सकारात्मक रुपान्तरण गर्न सक्छ भन्दै युबाहरुलाई सफलता हँसिल गर्न सहि मार्ग अबलम्बन गर्न पनि सुझाब दिए। युवा बिद्धार्थी शान्ति संघ द्वारा आयोजित कार्यक्रममा विभिन्न युवा नेतृत्वलाई ूयुथ एम्बासडर फर पिसू द्वारा सम्मान गरिएको थियो । । सम्मानित हुनेमा गायककार सुमित पाठक, कबि सुबाश सिंह पराजुली, गायिका प्राशना पाण्डे, रीतिका अधिकारी छन् । कार्यक्रममा युवा बिद्धार्थी शान्ति संघ नेपालका अध्यक्ष प्रकाश बाबु थापा, गायिका इन्दिरा जोशी, बरिष्ट गायक आनन्द जोशी लगायतले मन्तब्य राखेका थिए। कार्यक्रममा गायक युबराज चौलागाईंले गीत प्रस्तुति गरेका थिए भने कार्यक्रमको संचालन टेलिभिजन प्रस्तोता उरुषा जोशीले गरेकी थिईन ।