हावाहुरी प्रभावित क्षेत्रका किशोरी र महिलाहरुलाई सरसरफाई सामाग्री वितरण

हावाहुरी प्रभावित क्षेत्रका किशोरी र महिलाहरुलाई सरसरफाई सामाग्री वितरण

इ-परेवा

@Eparewa

२०७५ चैत २४ गते आईतबार ०८:२२

भक्तपुर, युवाका साथ साथ आवाज नेपाल भक्तपुरले विभिन्न व्यक्तिहरुको सहयोगबाट संकलन रकमबाट हावाहुरी प्रभाबित क्षेत्रका किशोरी र महिलाहरुको सहयोगार्थ सरसफाईका सामाग्रीहरु वितरण गरेको छ। बारा र पर्सा जिल्लामा आएको बिनाशकारी हावाहुरी...

भक्तपुर, युवाका साथ साथ आवाज नेपाल भक्तपुरले विभिन्न व्यक्तिहरुको सहयोगबाट संकलन रकमबाट हावाहुरी प्रभाबित क्षेत्रका किशोरी र महिलाहरुको सहयोगार्थ सरसफाईका सामाग्रीहरु वितरण गरेको छ। बारा र पर्सा जिल्लामा आएको बिनाशकारी हावाहुरी बाट प्रभावित स्थानमा युवाका साथ साथ आवाज नेपालले सेनिटरी प्याड, साबुन, ब्रस र मन्जन सामाग्रीहरु पठाएको हो । संस्थाका संस्थापकहरु दिपेश बिसुंखे , सचिव श्रीकृष्ण थापा र सदस्य मनिस माकजुको अगुवाईमा राहत सामाग्रीहरु संकलन गरी बारा जिल्लाका सामाजिक अभियान्ता ओमप्रकाश गिरिमार्फत वितरण गरिएको संस्थाका संस्थापक दिपेश बिसुंखेले जानकारी दिए ।

प्रकाशित मिति २०७५ चैत २४ गते आईतबार ०८:२२
प्रतिक्रिया दिनुहोस