फेसबुकबाट तपाइको डाटा चोरी भएको त छैन? यसरी सुरक्षित राख्नुहोस आफ्नो फेसबुक ।

फेसबुकबाट तपाइको डाटा चोरी भएको त छैन? यसरी सुरक्षित राख्नुहोस आफ्नो फेसबुक ।

इ-परेवा

@Eparewa

२०७५ चैत २६ गते मङ्गलबार ०१:५९

बिबिसि-हालै मात्र करोडौ मानिसको व्यक्तिगत विवरणको दुरुपयोग भएको आरोप फेसबुकमाथि लागेको छ । रिसर्च फर्म क्याम्ब्रिज एनालिटिका माथि पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको आरोप लागेको छ । यो घटना सार्वजनिक भएसँगै सामाजिक...

बिबिसि-हालै मात्र करोडौ मानिसको व्यक्तिगत विवरणको दुरुपयोग भएको आरोप फेसबुकमाथि लागेको छ । रिसर्च फर्म क्याम्ब्रिज एनालिटिका माथि पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको आरोप लागेको छ । यो घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालबाट कसरी प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग हुन्छ भन्ने बहस सुरु भएको छ ।

यसले अर्बाैँ प्रयोग कर्ता भएको फेसबुकको विश्वसनियतामाथि पनि प्रश्न उठाएको छ ।फेसबुकका लागि प्रयोगकर्ताको विवरण इन्धन जस्तै हो । यसले विज्ञापनदातालाई एउटा प्लेटफर्म उपलब्ध गराउँछ । त्यसको सट्टामा उसले आम्दानी गर्छ । क्याम्ब्रिज एनालिटिकाले फेसबुक क्विजको माध्यमबाट करोडौ मानिसको डाटा संकलन गरेको थियो ।जसमा व्यक्तिगत विवरण दुरुपयोग नगर्ने विश्वास प्रयोगकर्तालाई दिइएको थियो ।

 

 

फेसबुकमा विभिन्न किसिमका गेम, क्विज तथा प्रयोगकर्तालाई आकर्षित गर्ने एप्सहरु हुन्छन् । जसको लक्ष्य डाटा संकलन गर्नु हुन्छ । फेसबुकमा देखिने विभिन्न किसिमका एप्स, क्विज तथा कार्याक्रम फेसबुकको नियम र शर्त अनुसार नै काम गरिरहेका हुन्छन् ।गोपनियताको वकालत गर्ने इलेक्ट्रोक्सि फ्रन्टायर फाउण्डेशनका अनुसार जसरी क्विजको माध्यमबाट मानिसको डाटा संकलन गरिन्छ, त्यसले फेसबुक सेवाको सर्त त्यसबेलामा कस्तो थियो भन्ने देखाउँछ । अहिले फेसबुकले आफ्नो नियम र शर्तमा केही परिवर्तन गरेको छ । यसमा फेसबुक प्रयोगकर्ताको विवरणसम्म तेस्रो पार्टीको पहुँच सिमित गरिएको छ ।

 

 

आफ्नो विवरण कसरी सुरक्षित राख्ने ?

फेसबुक लगइन गरेर एप सेटिङ पेजमा जाने, एप्स, वेवसाइट्स र प्लगइनको तलपट्टी देखिने एडिट बटनमा क्लिक गर्ने, त्यसपछि प्लेटर्फमलाई डिसेवल गरिदिने ।विज्ञहरुका अनुसार आफ्नो डाटा पूर्ण रुपले सुरक्षित राख्ने एउटै मात्र तरिका फेसबुक चलाउन छोड्नु नै हो । फेसबुकबाट प्रयोगकर्ताको डाटा सुरक्षित गर्नका लागि दबाब दिनका लागि प्रयोगकर्ताले फेसबुक चलाउन छोड्नु पर्ने विज्ञहरुको सुझाव छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल बाहिरिएपछि फेसबुकमा डिलिट फेसबुक ह्यासट्याक ट्रेन्डमा रहेको छ ।आफ्नो निजी विवरणसम्म अरुको पहुँच पुग्न नदिन फेसबुक एप सेटिङ पेज लगइन गर्ने, त्यहाँ रहेका सबै क्याटेगरीलाई अनक्लिक गर्ने जुन तपाइले अरुलाई देखाउन चाहनुहुँदैन । त्यसमा बायो, जन्मदिन, परिवार, धार्मिक विचारधार, अनलाईन उपस्थिति, टाइमलाईनमा देखिने पोस्ट तथा अन्य गतिविधि पर्छन् ।

 

 

ईस्ट एंग्लिया स्कुल अफ ल विश्वविद्यालयमा सूचना प्रविधि, वौद्धिक सम्पदा र मिडिया कानुनका लेक्चरर पल बरनलका अनुसार कुनै सर्भिस पेजमा लाइक पटन क्लिक गर्न नहुने र एदी गेम वा क्विज खेल्नु परेमा फेसबुकबाट नगरी सिधै पेसमा जानुपर्छ । उनी भन्छन, फेसबुकबाट लगइन गरेर क्विज वा गेम खेल्न सजिलो हुन्छ तर यसबापत आफ्नो व्यक्तिगत विवरणसम्म त्यस्ता एप्सले पहुँच राख्छन् ।

 

प्रकाशित मिति २०७५ चैत २६ गते मङ्गलबार ०१:५९
प्रतिक्रिया दिनुहोस