एजेन्सी- विश्व सुन्दरताको पछाडी लागिरहेको छ । महिला मात्र नभइ सबै कुरामा सुन्दरताको मापन गरिन्छ । मानिसहरु सुन्दरताका लागि मरिहत्ते गर्दछन् । यस्तै क्रममा संसारको सुन्दर महिला को भन्ने बिषमा समेत बहस हुने गरेको छ । सुन्दरता मापन गर्न सजिलो छैन तरपनि केहि बिषयलाइ आधार बनाएर मानिसहरुले सुन्दर महिला भनेर छुट्याउने गरेको पाइन्छ । हेराै बिश्वका सबैभन्दा सुन्दर महिला को हुन् ।

२०१९ मा उत्कृष्ट १० मा परेका सबैभन्दा सुन्दर महिलाहरु

१०. एमिलिया क्लार्क
Friendly and fierce, Kid sister and killer, Movie star, and girl next door जस्ता चलचित्रमा अभिनय गरेकी एमिलिया क्लार्क २०१९ को सबैभन्दा सुन्दर महिलाको सुचिमा परेकी छन् । उनी ३२ बर्षकी भइन् । उनको नया‌ं चलचित्र Terminator Genisys रहेको छ । द युके स्टार अफ टुमरोले उनलाइ सेक्सी महिलाको संज्ञा दिएको थियो । उनी अभिनय क्षेत्रमा मात्र नभएर नर्स समेत रहेकी छन ।
९‍. लिन युएन
चिनियाँ नायिका लिन युएन सुन्दर महिलाको सूचीमा नवौं स्थानमा रहेकी छन् । युएन देश भर सबैभन्दा लोकप्रिय हिरोइन हुन् । उनी १९९६ मा जन्मिएकी थिइन् । उनको उचाइ ५ फिट ७ इन्च रहेको छ । Mermaid 2, L.O.R.D 2 , Fall in Love at First Kiss, Genghis Khan जस्ता धेरै चलचित्रहरु खेलेकी छन् । 
८‍. क्याथरीन लैङ्गफोर्ड
यी २२ वर्षीय युवती सबैभन्दा सुन्दर महिलाको सुचीमा ८ औँ स्थानमा पर्दछिन । उनि अप्रिल २९ १९९६ मा अष्ट्रेलियाको पर्थमा जन्मिएकी थिइन । उनले Avengers, Endgame, Knives Out जस्ता चलचित्र अभिनय गरेकी छन् ।
७‍. प्रियंका चाेपरा
भारतकी प्रियकां चाेपरा संसारमा सबैभन्दा सुन्दर महिलाको सुचिमा रहेकी छन् । उनी २०१८ सालको ‘सेक्सी एसियाली महिला’ मा समेत सुचित भएकी थिइन । उनि २००० मा मिस वर्ल्ड समेत भइसकेकी बलिउडकी नायिका हुन् । उनले Krrish 3, Goliyon Ki Raasleela Ram-Leela, Gunday, Mary Kom जस्ता बलिउड चलचित्र अभिनय गरेकी छन् । साथै हलिउडमा समेत Isn’t It Romantic?, The Sky Is Pink जस्ता चलचित्र अभिनय गरेकी छिन् । उनी १८ जुलाइ १९८२ मा जम्सेदपुर बिहारमा जन्मिएकी थिइन ।
६‍‍. नाना इम जिन
इम जिन लाइ नानाको नामले चिनिन्छ । उनी स्कुल सकेपछि k-pop girl band मा रहेकी थिइन । उनी “सबैभन्दा सुन्दर महिला” को सुचिमा छैठौ स्थानमा रहेकी छन् । सानो स्क्रिनमा खेल्न सुरु गरेकी उनले सफलता पछ्याउँदै, ठूलो पर्दामा खेल्न सुरु गरेकी थिइन । उनी सेप्टेम्बर १४, १९९१ मा चेङ्गजु, दक्षिण कोरियामा जन्मेकी थिइन । उनले White: The Melody of the Curse, The Swindlers, Go Lala Go 2 जस्ता चलचित्र अभिनय गरेकी छिन ।
५. दिपिका पादुकोण
दिपिका पादुकोण बलिउडकी सबैभन्दा महन्गो नायिका हुन् उनलाइ भारतमा यौन प्रतीक र शैली आइकन मानिन्छ र भारतको सबैभन्दा सुन्दर महिलाको सुचिमा पर्दछिन । उनी ५ जनवरी १९८६ मा कोपेनहेगन, डेनमार्कमा जन्मिएकी थिइन् । उनले Om Shanti Om, Padmaavat, Zero लगायत धेरै चलचित्र खेलेकी छन् ।
४‍. एना डे अरमस
क्युबाकी यी नायिका सबैभन्दा सुन्दर महिलाको चाैथो स्थानमा रहेकी छन । अहिले उनी हलिउड मा काम गरिरहेको छिन् । उनी अप्रिल ३०, १९८८ मा सांता क्रुज डेल नर्टे, क्यूबामा जन्मिएकी थिइन् । उनले Knives Out, Yesterday, The Informer लगायत धेरै चलचित्रमा अभिनय गरेकी छन् ।
३‍. सेलेना गोमेज
सेलेना गोमेज, २०१९मा ‘ विश्वको सबैभन्दा सुन्दर महिला सूची तेस्रो स्थानमा रहेकी छन् । उनी अत्यन्तै बिश्व प्रसिद्ध गायिका हुन । उनी सबैभन्दा सुन्दर महिला गायिका समेत हुन । उनले विभिन्न परोपकारी संस्थाहरू संग काम गरेकी छन् ।उनी संसारमा instagram मा सबैभन्दा बढी व्यक्ति फलोअर्स भएकी व्यक्ति हुन् । साथै, उनको करियरमा, उनले धेरै पुरस्कार पाएकी छन् । उनी २२ जुलाई, १९९२ मा, ग्रैंड प्रेरी, टेक्सास, अमेरिकामा जन्मिएकी थिइन् । उनको Revival, Stars Dance, Shake It Up: I Love Dance लगायत धेरै एल्बमहरु रहेका छन ।
२. लिक्सा सोबरानो
फिलिपिनो-अमेरिकन अभिनेत्री तथा मोडेल लिक्सा सोबरानो को नाम १० धेरै सुन्दर केटीहरूको सूचीमा संख्या २ नम्बरमा आउँछ। टेलिभिजन सीरीजबाट अभिनय सुरु गरेकी उनले रोमान्टिक कमेडी नाटक चलचित्र मेरो पूर्व र व्हाइटमा अभिनय गरेको छन् । उनी जनवरी ४, १९९८ मा सांता क्लारा, क्यालिफोर्निया, अमेरिकामा जन्मिएकी थिइन । उनले ‎Alone/Togethe, ‎Enrique Gil, ‎My Ex and Whys, ‎Just the Way You Are लगायत चलचित्र अभिनय गरेकी छन् ।
१. हांडे एरकेल
२५ वर्षीय टर्किस अभिनेत्री तथा मोडेल होडे एर्केल, २०१९ को सबैभन्दा सुन्दर महिलाहरुको सूची मा शीर्ष स्थानमा रहेकी छन् । उनी नोभेम्बर २४, १९९३ मा बिरराममा, टर्कीमा जन्मिएकी थिइन् । ‎उनले Güneşin Kızları, ‎Aşk Laftan Anlamaz, ‎Kilim motifs लगायत धेरै चलचित्र खेलेकी छिन् ।