मनाङ, चैत्र २७ – मनाङ जिल्लाको नासो गाउपालिका ताचैमा रहेको ताचै होमस्टेका महिलाहरू यतिवेला सीप सिकेर आयआर्जन गर्न सक्ने भएपछि दंग भएका छन् । होमस्टेमा आउने आन्तरिक तथा वाहय् पर्यटकलाई आफुहरूले सिकेको सीप मार्फत फाईवरको माला तयार गरि स्वागत गर्न पाउने भएपछि यहाका महिलाहरू निकै खुसि भएका हुन् । गाउमा बाह्रै महिना फुल पाउन समस्या थियो,यस्तो अवस्थामा पाहुनालाई स्वागत कसरी गर्ने भन्ने चिन्ता हामिलाई हुँदै आएकोमा फाईवरको माला वनाउने तालिमले हाम्रो चिन्ता हटाईदिएको छ शान्ता गुरूङले भनिन् । घरेलु तथा साना उधोग विकास समिति गन्डकि प्रदेश मनाङ र नासो गाउपालिकाको सयुक्त आयोजनामा संचालित फेवरिक माला तथा किर्ष्टलको गहना वनाउने तालिम समापनका अवसरमा महिलाहरू खुसि मात्र भएनन् आफुहरूले सिकेको सिपलाई आर्थिक आयआर्जनको रूपमा अगाडि वढाउने वताएका छन् । आफ्नो हातमा सिपभएपछि धेरै सामानहरू उत्पादन गरेर महिलाहरूले आयआर्जन गन सक्छन भन्ने सन्देश यस तालिमले दिएको जिल्ला समन्वयन समिति मनाङका सद्स्य समेत रहेकि होमस्टे संचालक शेषकुमारि घलेले बताईन् । तालिममा सहभागी महिलाहरूले आफुले घाटिमा लगाउने माला,चुरा पनि निर्माण गर्न सिकेका छन । यस्ता तालिमले महिलालाई आयआर्जनमा राम्रै सहयोग पुग्ने विश्वास शेषकुमारिको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि नासो गाउपालिका अध्यक्ष चन्द्र घलेले महिलालाई आयआर्जन गर्न र छोटो समयमा संचालन भएको यस तालिम निकै प्रभावकारि भएको धारणा व्यक्त गरे । जिल्लामै पहिलोपटक संचालन भएको यस तालिमवाट सिकेको सिपलाई प्रयोग गर्दा महिलाहरूले सहज रूपमा आम्दानि गर्ने र महिलाको आर्थिक विकाशका लागि गाउपालिकाले आवश्यकताको आधारमा सहयोग गर्ने अध्यक्ष घलेले बताए ।

घरेलु कार्यालय मनाङका कार्यालय प्रमुख प्रदिप न्यौपानेको सभापतित्वमा सम्पन्न सो तालिम समापन कार्यक्रममा वडा अध्यक्ष हुपजग गुरूग,नासो होम स्टेका अध्यक्ष याद घले, क्रीष्टल गहना विज्ञ प्रशिक्षक कमला सुवेदी लगायतले सीप नहुने महिलालाई आत्मनिर्भर तथा स्वावलम्वि वनाउन र वेरोजगारि समस्या समाधानका लागि तालिम निकै प्रभावकारी बनेको धारणा व्यक्त गरेका थिए । तालिममा २६ घर होमस्टेका २६ जना महिलालाई कार्यक्रमका प्रमुख अतिथि चन्द घलेले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा प्रमाणपत्र पाएकाहरू सिप सिकेर दिक्षित भएकाले आगमी दिनमा सिकेको सिपलाई मनाङका अन्य गाउका दिदि वहिनिलाई पनि सिकाउन घरेलुका कार्यालय प्रमुख प्रदिप न्यौपानेले आग्रह गरे । होमस्टेमा आउने पाहुनालाई मालाद्वारा स्वागत गर्नु र आम्दानि गर्न सकुन भन्ने उदेश्यका साथ तालिम दिईएकोमा सो लक्ष्य पूरा भएको विश्वास घरेलु कार्यालयका प्रमुख न्यौपानेको छ ।

पर्यटकिय दृष्टिकोणले मनाङ अगाडि रहेको समयमा मनाङको नासो गाउपालिकाको ताचै र ओडारमा गरि दुई वटा होमस्टे संचालनमा रहेको छ । यतिवेला मनाङमा वाहय् पर्यटकको आकर्षण बढिरदा उनिहरूको स्वागतका लागि फाईवरको माला निकै प्रभावकारि हुने स्थानियको बुझाई छ ।