२४ पुस, काठमाडौं, राजधानिको मुटुमा रहेको रानिपोखरी पुन निर्माणको लागि पोखरीको पानी सुकाएर राखेता पनि पुन निर्माणको काम अघि बढ्न नसकेपछी नेपाल बिद्यार्थी संघले रानीपोखरी पुनः निर्माण ढिलाई भएकोमा सरकारलाई ब्यंग्य गर्दै फुटबल खेलेका छन् । काठमाडौंको त्रिचन्द्र, रत्नराज्य, शंकरदेव र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा करिब डेढ घण्टासम्म फुटबल खेलेका थिए ।

देशको विकास निर्माणको अवस्था के छ भन्ने उदाहरण रानीपोखरीले देखाउने भएकाले विरोधको शैलीलाई सिर्जनात्मक र रचनात्मक बनाउने प्रयासस्वरुप सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्यसमेत गरे ।

भुकम्पले क्षति पुर्‍याएपछि रानीपोखरी पुनः निर्माणको काम अघि बढाईएको थियो । रानीपोखरी ब्यबस्थित बनाउने सरकारी योजना बनेको छ तर धेरै समय भैसक्दा समेत काम अघि बढ्न सकेको छैन ।