Untitled

Untitled

इ-परेवा

@Eparewa

२०७५ चैत २७ गते बुधबार ०७:५४

युवाहरुलाई लक्षित गरि १५ दिने कफि र बेकरी तालिम सञ्चालन भक्तपुर, २७ चैत्र -युवाका साथ साथ आवाज नेपालको आयोजना र चाँगुनारायण नगरपालिकाको सहयोगमा चाँगुनारायण भित्र रहेका उद्यमशिल बन्न चाहने युवाहरुलाई लक्षित गरि १५ दिने कफि र...

युवाहरुलाई लक्षित गरि १५ दिने कफि र बेकरी तालिम सञ्चालन

भक्तपुर, २७ चैत्र -युवाका साथ साथ आवाज नेपालको आयोजना र चाँगुनारायण नगरपालिकाको सहयोगमा चाँगुनारायण भित्र रहेका उद्यमशिल बन्न चाहने युवाहरुलाई लक्षित गरि १५ दिने कफि र बेकरी तालिम सञ्चालन भएको छ । तालिमको उद्घाटन जिल्ला समन्वय समिति भक्तपुरको उपप्रमुख सरिता कुँवरले गरेकी छन् ।

तालिम उद्घाटन पश्चात् मन्तव्यको क्रममा प्रमुख अतिथि कुँवरले देशमा बढ्दै गएको बेरोजगार समस्यालाई अन्त्य गर्नको लागि यस किसिमको आर्यआर्जन मुलक सिप तालिमहरुले युवाहरुलाई उद्यमशिल बन्न सहयोग पुग्ने र समाजलाई समुद्ध दिशा तर्फ अगाडि बढाउन मद्दत पुग्ने बिश्वास व्यक्त गरिन ।

कार्यक्रमका विशेष अतिथि सुर्यविनायक नगरकार्यपालिका सदस्य दिपक विशुन्के लगायत अन्य अतिथिहरुले तालिमबाट सिकेका ज्ञान सिपहरुलाई व्यवहारमा उतारि आर्यआर्जन मुलक कार्यमा जोडिए पछि मात्र तालिमको उद्देश्य पुरा हुने कुरामा जोड दिए ।

कार्यक्रमको सभाध्यक्ष संस्थाका उपाध्यक्ष देवेन्द्र आर्चायले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव श्रीकृष्ण थापाले गरे । तालिन उद्घाटन सत्रमा उपस्थिति सम्पुर्ण अतिथि र सहभागिहरुलाई संस्थाका संस्थापक दिपेश विसुन्के स्वागत गर्दै तालिमको उद्देश्य माथि प्रकाश पारेका थिए । उक्त तालिममा १५ जना युवाहरुले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति २०७५ चैत २७ गते बुधबार ०७:५४
प्रतिक्रिया दिनुहोस