हिमाल एकेडेमीमा मुस्कान सहितको सिकाई शुरु

हिमाल एकेडेमीमा मुस्कान सहितको सिकाई शुरु

इ-परेवा

@Eparewa

२०७५ चैत २८ गते बिहिबार ०१:१४

काठमाडौं , २८ चैत्र – शिक्षण सिकाई प्रभावकारी बनाउन देशब्यापी रुपमा विभिन्न प्रयास र प्रकृया अवलम्बन भईरहेकोमा बालुवाटार स्थित हिमाल एकेडेमीले सर्वसुलभ शुल्कमा मुस्कान सहितको सिकाई यसै शैक्षिक वर्ष २०७६ वाट अवलम्बन गर्ने भएको...

काठमाडौं , २८ चैत्र – शिक्षण सिकाई प्रभावकारी बनाउन देशब्यापी रुपमा विभिन्न प्रयास र प्रकृया अवलम्बन भईरहेकोमा बालुवाटार स्थित हिमाल एकेडेमीले सर्वसुलभ शुल्कमा मुस्कान सहितको सिकाई यसै शैक्षिक वर्ष २०७६ वाट अवलम्बन गर्ने भएको छ । विभिन्न विद्यालयमा हुने गरेका वालवालिका विरुद्धका शारिरीक, मानसिक तथा मनोबैज्ञानिक त्रासदीपूर्ण कृयाकलापहरुका समाचारहरु दिनानुदिन आइरहेकोमा त्यसले उत्पन्न गर्ने असरहरुको निराकरणको लागि मुस्कान सहितको सिकाई एक कोशेढुङ्गा साबित हुने हुनाले विद्यालय ब्यवस्थापन यस प्रति सचेत रहेको र यसले प्रविधिको नाममा प्रयोग हुने मोवाईल, ल्यापटप, टि.भीको चरम उपयोगको कारण उत्पन्न हुने असरहरु न्यूनिकरण गर्न समेत सकिने कुरा विद्यालयका प्र.अ. कुवेर कटुवालले बताए । विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा सकारात्मक उर्जा भर्न लर्निङ बिथ स्माईल प्रभावकारी हुनेमा विद्यालय ढुक्क भएको र आवश्यक अन्तरक्रिया तथा परामर्शद्वारा यसको प्रभावकारी कार्यन्वयन गरिने जानकारी पनि उनले दिए ।

प्रकाशित मिति २०७५ चैत २८ गते बिहिबार ०१:१४
प्रतिक्रिया दिनुहोस