पूर्व मन्त्रि ढकालद्वारा बिद्यालय भबन हस्तान्तरण

पूर्व मन्त्रि ढकालद्वारा बिद्यालय भबन हस्तान्तरण

इ-परेवा

@Eparewa

२०७५ चैत ३० गते शनिवार ०७:३७

गोर्खा, ३० चैत्र - नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको पहलमा निर्माण सम्पन्न भयको भीमसेन गाउपालिका -८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्यालयको ४ कोठे पक्कि भवन एक कार्यक्रमका बीच अध्यक्ष ढकालले बिद्यालयलार्इ...

गोर्खा, ३० चैत्र – नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको पहलमा निर्माण सम्पन्न भयको भीमसेन गाउपालिका -८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्यालयको ४ कोठे पक्कि भवन एक कार्यक्रमका बीच अध्यक्ष ढकालले बिद्यालयलार्इ हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भुकम्पको कारण बिद्धालयको पुरानो भवन पूर्ण रुपमा क्षति भयको र बिद्यार्थी खुला आकाशमा अध्ययन गर्न बाध्य भएको दृश्य सहन नसकी बिद्यालय भवन निर्माण गरिएको जानकारी दिदै भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र दाताहरुलाई धन्यबाद दिए । नेता ढकालले बिद्यालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको बिकासमा आँफु सदैब लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे । भीमसेन गाउपालीका -७ नम्बर वडाका अध्यक्ष नारायण श्रेष्ठ र ८ नम्बर वडाका अध्यक्ष बाँसु थापाले पूर्व मन्त्रि ढकालले गोर्खा जिल्लाको बिकासमा पुर्याएको योगदानको उच्च प्रसंशा गरे । नेपाल प्रहरीका पूर्व डीआइजी डा. श्याम नेपाल, परिवार दलका प्रबत्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । भवन निर्माणमा कुन ३३ लाख रुपैया लागेको कार्यक्रम माझ जानकारी दिइयो । गृह जिल्ला गोर्खा पुगेका नेता ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरि स्थानीयसंग अन्तरक्रिया तथा निर्माणाधीन योजनाहरुको निरीक्षण गरेको गोर्खा परिवार दलका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिए । नेता ढकालको पहलमा गोर्खा जिल्लामा एक दर्जन भन्दा बढी पुस्तकालय तथा बिद्यालय भवनहरु निर्माण भएको उनले बताए ।

प्रकाशित मिति २०७५ चैत ३० गते शनिवार ०७:३७
प्रतिक्रिया दिनुहोस