२०७६ साललाई नेपाली खाना बर्षको रुपमा मनाउदै ग्लोबल नेप्लिज सेफ फेडेरेशन

२०७६ साललाई नेपाली खाना बर्षको रुपमा मनाउदै ग्लोबल नेप्लिज सेफ फेडेरेशन

इ-परेवा

@Eparewa

२०७५ चैत ३० गते शनिवार १०:३७

काठमाडौं, ३० चैत्र - ग्लोबल नेप्लिज सेफ फेडेरेशनले २०७६ साललाई नेपाली खाना बर्षका रुपमा मनाउने भएको छ । फेडेरेशनले २०७६ साल अवधीमा विविध कार्यक्रम गर्ने भन्दै कार्य तालिका सार्वजनिक गरेको छ । फेडेरेशनले युट्युव च्यानलमा नेपाली...

काठमाडौं, ३० चैत्र – ग्लोबल नेप्लिज सेफ फेडेरेशनले २०७६ साललाई नेपाली खाना बर्षका रुपमा मनाउने भएको छ । फेडेरेशनले २०७६ साल अवधीमा विविध कार्यक्रम गर्ने भन्दै कार्य तालिका सार्वजनिक गरेको छ ।

फेडेरेशनले युट्युव च्यानलमा नेपाली खाना सम्बन्धी शो, युवा सेफको लागि नेपाली खानाको च्यालेन्ज कप, पशुपति परिसरमा खिर बितरण, नेपाली कुलिनरी कप, फुड फेस्टिवल, बिश्व नेपाली सेफ सम्मेलन, विश्व किर्तिमानी नेपाली सुप, जापान ,यु के ,अस्ट्रेलिया ,फिनल्याण्ड ,अमेरिका कतार र दुबई मा नेपाली कल्चर सहित को फुड फेस्टिवल, विभिन्न जात जातीका खाना सम्बन्धी कार्यक्रम र सेफ ट्रेनिंङ संचालन गर्दै २०७६ साललाई नेपाली खाना बर्षको रुपमा मनाउने तयारी गरेको जानकारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले दिएका छन् ।

प्रकाशित मिति २०७५ चैत ३० गते शनिवार १०:३७
प्रतिक्रिया दिनुहोस