१ वैशाख, काठमाडौं-केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । उनीहरु नाईट क्लबमा रमाइलो गरिरहेको अबस्थामा पक्राउ परेका थिए ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रममा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ ।

 

 

 

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् । प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ । केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ ।

 

 

केन्यामा नै पटकपटक नेपाली महिला पक्राउ

यसभन्दा अगाडि जनवरी २०१८ मा ३ भारतीय र ७ नेपाली महिला पक्राउ परेका थिए । उनिहरुको भने भारतिय बिदेशमन्त्री सुष्मा स्वराजको सहयोगमा उद्दार गरिएको थियो । जुन कुरा सुष्माले ट्विट समेत गरेकी थिईन ।

यस्तै जुलाई २०१८ मा २१ नेपाली महिला पक्राउ परेका थिए ।

 

 

भिडियोमा पक्राउ परेका नेपाली महिलाहरुले केन्याका प्रहरीलाई एउटा यस्तो बिषयमा बोलेकी छन जस अनुसार केन्यामा धेरै नेपाली महिलाहरु यौन ब्यबसायमा लागेको आकलन गर्न सकिन्छ । उनले भनेकी छिन । “हामीलाई मात्र किन समातेको समात्ने भए सबैलाई समात यहाँ धेरै नेपाली महिलाहरु छन ।”

भिडियोमा उनिहरुको चीत्कार र रुवाबासी सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस