काठमाडौ, ३ वैशाख -समाजसेवी राम प्रसाद न्यौपानेले सोलुखुम्बु स्थाई घर भई बिगत लामो समय देखि काठमाडौ महानगरपालिका वडा नं ४ का धुम्वाराहि मा बसोबास गर्दै आएकी वृद्धा पदम माया गुरूङलाई ह्विलचेयर हस्तान्तरण गरेका छन् ।गुरूङको दैनिकि सहज होस् भन्ने हेतुले सहयोग उपलब्ध गराएको न्यौपानेले बताए ।
राज्यले जेष्ठ नागरिकका निम्ति जति गर्नुपर्ने हो त्यति गर्न नसकिरहेको बेला आफुले वृद्व महिलालाई ह्विलचेयर सहयोग गर्न पाउदा प्रेरणा मिलेको उनको भनाई छ ।
उनले जेष्ठ तथा असाहय नागरिक, विपन्न परिवार, जेहेन्दार विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई क्रमिक रुपमा सहयोग गर्दै जाने प्रतिबद्वता पनि जनाएका छन् । ह्विलचेयर हस्तान्तरण समारोहमा सामुदायिक केन्द्रका सचिव मीन प्रसाद पौडेल ,कोषाध्यक्ष एवम् नेत्री प्रतिमा पौडेल, सामाजिक अभियन्ता धुर्ब के.स.लगायतको उपस्थिति रहेको थियोे ।
समाजसेवी न्यौपाने काठमाडौ महानगरपालिका वडा नं ४ का बासिन्दा हुन् ।