अमेरिकामा टोर्नेर्डोको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। १२ जनाभन्दा बढी घाइते भएका छन्। मिस्सिसिपी, टेक्सास र लुजियाना राज्यमा आएको शक्तिशाली टोर्नेडोका कारण मानवीय क्षति भएको जनाइएको छ।
 
अधिकारीहरुका अनुसार एकसाथ ११ वटा टोर्नेडो ती राज्यमा आएका थिए। टोर्नेडोसँगै ठूलो आँधी र बाढी आएको जनाइएको छ। अहिले टोर्नेडो विभिन्न स्थानतर्फ अगाडि बढीरहेको छ। ओहियो, दक्षिण क्यारोलिना र भर्जिनिया राज्यमा टोर्नेडोको खतरा भएको बताइएको छ। एजेन्सी