सुदुरपस्चिम ११ लाई हराउदै काँकडभिट्टा ट्रेनिङ सेन्टर क्वाटरफाइनलमा प्रवेश

सुदुरपस्चिम ११ लाई हराउदै काँकडभिट्टा ट्रेनिङ सेन्टर क्वाटरफाइनलमा प्रवेश

इ-परेवा

@Eparewa

२०७५ पुस २४ गते मङ्गलबार ११:३१

२४ पुस, धनगढी, मंगलबार भएको उद्घाटन खेलमा अयोजक सुदुरपस्चिम ११ लाई मेची नेत्रालयलाई सर्डन डेथमा ७–६ ले पराजित गर्दै काँकडभिट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको...

२४ पुस, धनगढी, मंगलबार भएको उद्घाटन खेलमा अयोजक सुदुरपस्चिम ११ लाई मेची नेत्रालयलाई सर्डन डेथमा ७–६ ले पराजित गर्दै काँकडभिट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काँकडभिट्टाको जित पक्का भएको थियो । धनगढी रंगशालामा भएको खेलमा आक्रमक रणनीतिमा खेलेको घरेलु टोलीले थुप्रै अवसर पाए पनि गोल भने गर्न सकेन ।

सुदूरपश्चिमका लागि फिलिम तामाङ, चेतन कुमार थारु, अब्दुल रहमान, बिजय ठकुरी, नरेन्द्र चौधरी, विनोद केसी जोल गर्न सफल भए । काँकडभिट्टाका लागि निशान लिम्बू,भुषण लिम्बू, दिप कार्की, अजित गुरुङ, विश्वास श्रेष्ठ, विकास राई र विशाल राईले गोल गरे ।

अब काँकडभिट्टाले पुस २८ गते क्वाटरफाइनल एपीएफसँग प्रतिस्पर्धा गर्ने छ । अर्को खेल बुधबार नेपाल पुलिस क्लब र मोरङ एघार बिच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति २०७५ पुस २४ गते मङ्गलबार ११:३१
प्रतिक्रिया दिनुहोस